ताजा अपडेट »

नेपाली लेखक सङ्घ, रुपन्देहीद्वारा शुभकामना आदानप्रदान

मंगलबार, २२ असोज २०८१, १२ : ४९
48 Shares
मंगलबार, २२ असोज २०८१
48 Shares

बुटवल । नेपाली लेखक सङ्घ ,रुपन्देहीको आयोजनामा नेपालीहरुको महान पर्व बिजयादशमी , तिहार , नेपाल सम्वत् तथा छठको अवसरमा शुभकामना आदानप्रदान तथा शारदीय काव्य उत्सव २०८१ मङ्गलबार मणिग्राममा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली लेखक सङ्घका कार्यसमिति तथा शुभेच्छुकहरुले आ आफ्ना सिर्जनाहरु वाचन गरेका थिए । वाचित रचनाहरुको समीक्षा समिक्षक मोहन मरासिनीले गरेका थिए। 

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार वनमाली निराकारले आफ्नो मनतव्य राख्दै लेखकहरुले आफ्ना गतिविधिहरुलाई संघीयताको मर्म अनुसार अगाडि बढाईरहेको बताए । लेखकका कलमहरुले आपसमा जुहारी चलाउने भन्दा पनि समतामूलक समाजका आधार सिर्जना गर्नमा केन्द्रीकृत हुनु पर्ने बताए । 

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरीले वर्तमान समयमा साहित्यिक सिर्जनामा कमि आएको बताउदै आफ्ना गतिविधिहरुलाई विद्यालय , कलेज र समुदायमा केन्द्रित गर्न अनुरोध गरे । विश्वव्यापीकरणको अभ्यास भईरहेको समयमा पुँजी , ज्ञान,  सीप र अनुभव आर्जन गर्नका लागि बैदेशिक यात्रामा जानू उचित हो । उनिहरुलाई समयमा नै स्वदेशमा फिर्ता ल्याएर ज्ञान , सीप स्वदेशमा प्रयोग गर्न लगाउने योजना वर्तमानको आवश्यकता बताए । 

कार्यक्रममा वि पि बाटिका वनबाटिकाका अध्यक्ष टेक बहादुर थापाले साहित्यकारले सन्तुलित र वैज्ञानिक सोचका साथ कार्यक्रमहरु सञ्चालन गरेमा मानिसहरुमा सकारात्मक उर्जा प्राप्ति हुने बताए । कार्यक्रम गर्नुको प्रयोजन र वर्तमान सन्दर्भका बारेमा सङ्घका अध्यक्षले आफ्नो मनतव्यमा राखेका थिए । 

सङ्घका अध्यक्ष लिलाधर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा  उपस्थित सम्पूर्ण अतिथिहरुलाई साहित्यकार तथा सङ्घका उपाध्यक्ष सरस्वती बस्यालले  स्वागत गर्नु भएको थियोे । कार्यक्रम नेपाली लेखक सङ्घका सचिव मधुसुदन प्रोखरेलले सञ्चालन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।