ताजा अपडेट »

नेपाल नगरपालिका कर्मचारी एशोसिएसनद्वारा  शुभकामना आदान प्रदान

मंगलबार, २२ असोज २०८१, ०७ : २७
68 Shares
मंगलबार, २२ असोज २०८१
68 Shares

बुटवल।  नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति बुटवल उपमहानगरपालिकाकाे आयोजनामा आउदै गरेका नेपालीहरुका महान चाडपर्व बिजया दशमी, दिपावली, छठ र नेपाल सम्वत ११४५ को अवसरमा साेमबार कर्मचारी र जनप्रतिनिधि वीच शुभकामना आदान प्रदान गरिएको थियो।

उक्त कार्यक्रम नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति बुटवल उपमहानगरपालिका कार्यवाहक  अध्यक्ष दिनेशकाजी बज्राचार्यको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

कार्यक्रमको संचालन नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति बुटवलका सचिव रेश्मीराज घिमिरेले गरेका थिए। । साे कार्यक्रममा  उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, एशोसिएसनका केन्द्रीय महासचिव सितु प्रसाद श्रेष्ठ र वडा न ९ का अध्यक्ष प्रदिप श्रेष्ठ  लगायत शुभकामना मन्तब्य राखेको थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले हाल देश विषम परिस्थितिमा रहेको र देशमा प्राकृतिक प्रकाेप लगायतले थुप्रै  जनधनको क्षति भएकोमा दुख व्यक्त गर्दै असहज परिस्थितिका वीच नजिकै आउदै गरेका नेपालीहरुका विशेष पर्ब  भड्किलो नहुने गरि  सरल रुपमा मनाउन सबैलाई अनुरोध गरे ।

साे कार्यक्रममा एशोसिएसनका केन्द्रीय महासचिव सितु प्रसाद श्रेष्ठले कर्मचारी संगठनकाे आधारशिला भनेको कर्मचारीहरु वीचकाे एकता भएकोले सबै कर्मचारीहरुलाइ संगठित हुन आग्रह गरे। उनले कर्मचारी र जनप्रतिनिधि वीचकाे आपसी तालमेलले नै उपमहानगरपालिकाले चाहेको लक्ष्य हासिल गर्न सक्ने बताए ।

सो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ईन्जिनियर सुमन श्रेष्ठ , नगर प्रवक्ता शिव राना, एशोसिएसनका केन्द्रीय सदस्यहरु ज्ञान प्र अयार्ल, ठगिश्वर पोखरेल तथा कार्यपालिका सदस्यहरु एवं नगरसभा सदस्यहरु लगायत  उपमहानगरपालिका सबै महाशाखा शाखाका कर्मचारीहरुको व्यापक उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।