ताजा अपडेट »

यस्ताे छ बलिउड चलिचत्र 'सिंघम अगेन' काे ट्रेलर (भिडीयम)

सोमबार, २१ असोज २०८१, २१ : १९
78 Shares
सोमबार, २१ असोज २०८१
78 Shares

बुटवल । चर्चित बलिउड निर्देशक राेहीत शेट्टिकाे निर्देशनमा  बनेकाे चलचित्र  'सिंघम अगेन' को ट्रेलर सार्वजनिक भएको छ। अभिनेता अजय देवगनलाइ  सिंघम पत्रमा पुनः उतारेर उनले सिंघम अगेन बनाएका हुन । राेहीत शेट्टी प्रहरीकाे कथा जाेडेर चलचित्र बनाउन माहीर मनिन्छन । उनले प्रहरीकाे कथा जाेडेर बनाएका सबै  सबैजसाे चलचित्रहरू सफल रहेका छन ।

सोमबार जियो स्टुडियो युट्युब च्यानलमार्फत 'सिंघम अगेन' को ट्रेलर सार्वजनिक गरिएको हो। ४ मिनेट ५३ सेकेन्डको ट्रेलरमा बाजिराव सिंघमले आफ्नी श्रीमतीलाई बचाउन गरेको संघर्ष देखाइएको छ। ट्रेलरमा देखिए अनुसार रामायणकाे कथा संग चलिचत्रकाे सार जाेडेर कथा बनाइएकाे बुझ्र सकिन्छ ।
रोहित शेट्टी निर्देशित फिल्ममा अजय देवगन, रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण, करीना कपूर खान, टाइगर श्राफ, अर्जुन कपूरलगायत  दिग्गज कलाकारहरूकाे अभिनय देख्न सकिन्छ।

यो चलचित्र दिपावलीको अवसर पारेर प्रदर्शन हुनेछ।  याे चलचित्र 'सिंघम' को तेस्रो भाग हाे भने रोहित शेट्टीको कप युनिभर्सको पाँचौ फिल्म हो। यसअघि उनको कप युनिभर्सको फिल्म 'सिंघम, सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशी' प्रदर्शन भइसकेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।