ताजा अपडेट »

नेपाल एयरलाइन्सले फूलपातीको दिन 'काठमाडौँ-भैरहवा-काठमाडौँ 'उडान गर्ने

सोमबार, २१ असोज २०८१, २० : ०३
136 Shares
सोमबार, २१ असोज २०८१
136 Shares

काठमाडाैं । नेपाल वायुसेवा निगमले सबै तिर सडक यातायात पूर्णा सहज नभएकाे तथा दशैकाे समयमा हवाइ यात्रुहरूकाे अधिक चापलाइ मध्यनजर गरी काठमाडौं-भैरहवा उडान भर्ने भएको छ । मनसुनजन्य विपद्का कारण देशभर सडक संरचनामा क्षति पुगेकाले चाडवाडमा नागरिकहरुको सुविधालाई लक्षित गरेर निगमले काठमाडौं-भैरहवा-काठमडौं उडान गर्ने भएको हो ।

दशैकाे समयमा आवतजावतमा सहजता प्रदान गर्नका लागि फूलपातिको दिन (असोज २४ गते) काठमाडौं देखि भैरहवा निगमको A320 जहाजबाट उद्दार उडान गर्ने निगमले जनाएको छ । आर.ए-१७३३ उडान नम्बरमा बिहान ११ बजे काठमाडौं-भैरहवा उडान गर्ने र त्यसको लागि एकतर्फी भाडादर ७ हजार रुपैयाँ राखिएको  निगमले जनाएकाे छ ।

निगमकाकाअनुसार यात्रुले विमानमा ३० केजीको लगेज लैजान सक्नेछन । त्यस्तै सोही दिन साढे १२ बजे आर.ए-१७४३ उडान नम्बरमा भैरहवा—काठमाडौं उडान भर्ने र ३ हजार ८ सय भाडादर कायम गरिएको बताए । यात्रुहरुले निगमको आन्तरिक विक्रि कार्यालय, निगमको वेबसाइट (www.nepalairlines.com.np) वा आफ्नो मोबाइलबाट समेत अनलाइन टिकट लिन सकिने व्यवस्था रहेको निगमले जनाएको छ ।

अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने/आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आवागमनमा कठिनाई भएको अवस्थामा निगमले वडादशैमा आ-आफ्नो जिल्ला स्थित घर आउन/जान सहज होस भनी वडादशैंको फुलपातीको सो सेवा दिन लागेको कार्यकारी अध्यक्ष अधिकारीले बताए ।

461949377_919231436905420_7290235236881140452_n

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।