ताजा अपडेट »

योगीकुटीमा कस्तुरी मिष्ठान्न भण्डारको तेस्रो शाखा शुभारम्भ

सोमबार, २१ असोज २०८१, १५ : ३१
158 Shares
सोमबार, २१ असोज २०८१
158 Shares

बुटवल । विगत साढे २ दशकदेखि व्यवसायीक यात्रा सुरु गरेको कस्तुरी मिष्ठान्न भण्डारले तिलोत्तमाको योगिकुटीमा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । २०५५ सालमा बुटवलको ट्राफिकचोक पाल्पा रोडबाट व्यवसायिक उत्पादन सुरु गरेको कस्तुरीले राजमार्ग चौराहपछि योगिकुटीमा शाखा बिस्तार गरेको हो । मिठाईका ७० बढी परिकार उत्पादन गर्दै आएको कस्तुरीले ग्राहको माग र बजार बिस्तारका लागि नयाँ शाखा स्थान गरेको सञ्चालक राजु पराजुलीले बताए । 

योगीकुटी शाखामा एकै पटक ४० जनालाई सेवा दिने गरी मिष्ठान्न भण्डार सञ्चालनमा ल्याइएको र यहाँबाट २ दर्जन बढीले प्रत्येक्ष रोजगार प्राप्त गर्ने उनले जानकारी दिए । मिष्ठान्न भण्डारको सोमबार औपचारिक शुभारम्भ गरिएको हो । यो शाखासहित कस्तुरीका ३ वटा शाखामा सिजन अनुसार १५० देखि २ सय जनाले रोजगार समेत प्राप्त गरिरहेको सञ्चालक प्रथम पराजुलीले जानकारी दिए । २० करोड बढी लगानी गरे ३ ठाउँबाट सेवा प्रदान गर्दै आएको कस्तुरीले रुपन्देहीको भैरहवा र पाल्पामा समेत शाखा बिस्तार गर्ने योजनामा रहेको उनले बताए । 

लामो व्यवसायिक पहिचानलाई कायम राख्दै गुणस्तरीयतामा कुनै सम्झौता नगरिएको उनको दाबी छ । विभिन्न पार्टी, विवाह, वर्तबन्ध लगायतका कार्यहरुका साथै नेपालीहरुको चाडबाटको समयमा माग उच्च हुने गरेको बताउँदै उनले बजार थप फराकिलो हुँदै गएको उल्लेख गरे । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।