ताजा अपडेट »

३७ अंकले बढ्यो नेप्से, ७ अर्बको कारोबार

सोमबार, २१ असोज २०८१, १५ : २०
30 Shares
सोमबार, २१ असोज २०८१
30 Shares

काठमाडौँ । आज ९सोमबार० सेयर बजार परिसूचक नेप्से ३७ अंकले बढेको छ । २६५६ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले बढेर २७०१ बिन्दु छोएको थियो । उतारचढावका बिच सोमबार नेप्से २७०७ को बिन्दुसम्म उक्लिएको थियो । अन्तिममा २६९०.७२ बिन्दुमा आएर रोकिएको छ । 

सोमबार १७६ कम्पनीको मूल्य बढेको छ । ६६ कम्पनीको घट्दा २ कम्पनीको मूल्य स्थिर रह्यो । सोमबार १ करोड ५८ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँको कुल कारोबार भएको छ । 

 कारोबार रकमका हिसाबले सोमबार चन्द्रागिरि हिल्स शीर्ष स्थानमा रह्यो । यसको २६ करोड २३ लाख मूल्यको सेयर खरिदबिक्री भएको छ । सोमबार थ्रि स्टार हाइड्रोपावर र डोल्टी पावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढी प्रतिशतले उकालो लागेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।