ताजा अपडेट »

दुर्गा प्रसाईँका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

सोमबार, २१ असोज २०८१, १४ : ३४
80 Shares
सोमबार, २१ असोज २०८१
80 Shares

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोधको क्रममा समर्थकले ट्रकमा आगो लगाउँदा घाइते भएका चालकको मृत्यु भएको छ ।

आगलागीबाट घाइते ट्रक चालक भारत छप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय पदा रायको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई सुरूमा प्रसाईँकै बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य थप जटिल बनेपछि उनलाई थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेज पठाइएको थियो ।

पदा रायको गएराति मृत्यु भएको हो । रायको मृत्यु भएपछि उनका आफन्तहरुले एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाकासमेत अवरोध गरेका थिए ।

साइबर क्राइमको आरोपमा प्रहरीले दुर्गा प्रसाईँलाई पक्राउ गरेपछि उनका समर्थक गत ७ गते बिहान २स्५० बजे बिर्तामोड(६ गिरीबन्धु टी(इस्टेट नजिक दुहबीबाट जुट पुर्‍याएर पूर्वतर्फ आउँदै गरेको डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा आगो लगाएर भागेका थिए ।

भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी आइतबार रायको शव नेपाल पठाएको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोष्टमार्टम गरेर आफन्तले शव बुझेको झपाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले  बताए ।

आगजनी गर्ने दुर्गा प्रसाईँका ८ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । उनीहरूमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो । सीडीओ बाँस्तोलाले अब उनीहरूलाई ज्यान मुद्दा चलाइने बताए ।

उनले आगजनी गर्नेहबाट क्षतिपूर्ती भराउने तयारी पनि भइरहेको जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।