ताजा अपडेट »

विश्व पक्षघात दिवसको अवसरमा बुटवलमा र्याली

सोमबार, २१ असोज २०८१, ११ : ५५
36 Shares
सोमबार, २१ असोज २०८१
36 Shares

बुटवल । विश्व पक्षघात दिवसको अवसरमा बुटवलमा र्याली निकालीएको छ । मष्तिष्क पक्षघात स्वावलम्वन अभिभावक समूहको आयोजनामा आइतबार पुलचोकदेखि जेसिजोकसम्म र्याली निकालिएको हो । 

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका वडा ३ का वडाध्यक्ष विष्णु ढकालले मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालले मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिकाहरू र उनीहरूका अभिभावकहरूका लागि सञ्चालन गर्दै आएको कार्यको प्रशंसा गर्दै वडाले गर्न सक्ने हरेक कार्यमा सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै वडाले पालिकाले भन्दा पनि राज्यले नै यसको अपनत्व लिएर काम गर्नु पर्ने उनले बताए । 

बुटवल उपमहानगरपालिका वडा नम्बर ३ पुलचोक स्थित लक्ष्मिनारायण मन्दिर परिसर भित्र रहेको अपाङ्ग दिवा  स्हायार केन्द्रका संयोकज शैलेश थापाले विश्व मस्तिष्क पक्षाघात दिवसलाई यसैसँग सम्बन्धित संस्थाहरूले मात्रै नभएर वडा, नगरपालिका तथा महानगरपालिकाहरूले पनि कार्य योजना भित्र समावेश गरेर मनाउनु पर्ने, जनचेतनाका कार्यक्रमहरूको आयोजना गर्न आवश्यक रहेको बताए । 

यस्तै पेटोलियम डिलर एशोसियशनका सचिव कासिराम अधिकारी, मन्दिर समितिका अध्यक्ष राजु पौडेल, बहमकुमारी इश्वरी विश्व विद्यालयका क्षेत्रीय सहसचिव भरत पौडेललगायतले बोल्दै आफूहले सक्दो सहयोग गर्ने बताए । र्यालीमा विभिन्न संघ संस्थाका प्रतिनिधि, कानुन व्यवसायी, सामाजिक अभियानता लगाएतको सहभागिता रहेको थियो ।

पक्षघात दिवस प्रत्येक वर्ष अक्टोबर २९  मनाइने गरिन्छ । यस वर्ष पनि ‘हामी सबै मिलेर काम ग¥यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ विश्व पक्षघात दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।