ताजा अपडेट »

सिन्धुली र रामेछाप जिल्ला जोड्ने बेलिब्रिज बनाउदै नेपाली सेना

सोमबार, २१ असोज २०८१, ११ : १२
56 Shares
सोमबार, २१ असोज २०८१
56 Shares

काठमाडौँ । नेपाली सेनाले सिन्धुली र रामेछाप जिल्ला जोड्ने बि.पि.राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि बेली बृज जडान कार्य सुरु गरेको छ ।

यहि असोज १० र ११ गते भएको अविरल बर्षापछि सुनकोशीमा आएको बाढीले यो बेलिब्रिज बगाएको थियो ।

यो पुल बगाएपछि सिन्धुली र रामेछापको सडक सम्बन्ध टुटेको थियो । अस्थायी रुपमा वैकल्पिक मार्गबाट अहिले सडक संचालन भएको भएपनि नेपाली सेनाले बेलिब्रिज जडान कार्य शुरु गरेकाले सिन्धुली र रामेछापको सडक सम्बन्ध पुर्ववतरुपमा छिट्टै फर्किने भएको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।