ताजा अपडेट »

रुपन्देही रेडक्रसले सञ्चालनमा ल्यायो मोबाइल एप

सोमबार, २१ असोज २०८१, ०८ : ५१
36 Shares
सोमबार, २१ असोज २०८१
36 Shares

बुटवल । रक्तदाताहरुको विवरण राख्नका लागि नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीले मोबाइल एप्स तथा सफ्टवयर सञ्चालनमा ल्याएको छ । यो एप्स सञ्चालनमा आएसँगै अब रक्तदाताले आफूले गरेको रक्तदानको विवरण खोज्नको लागि सहज हुने छ भने कुनै पनि व्यक्तिलाई रगत आवश्यक परेमा सजिलै प्राप्त गर्न सक्ने छन् । 

नेपाल रेडक्रस सोसाईटी रूपन्देही का कोषाध्यक्ष तथा यो परियोजनाका संयोजक समेत रहेका शुसिल गुरुङ्गले पहिला विवरण रहेका सबै रक्तदाताहरूको समूह नै विभाजन गरी अध्यावधिक गर्दै जाने र सबै विवरण अव मोबाईल एप्समा र सफ्ट्वेर बाट अगाडी बढ्ने जानकारी दिए । नयाँ निर्माण गरिएको सफ्ट्वेर र एप्सबाट नै रक्तदाताले आफूले गरेको रक्तदानको प्रमाणपत्र समेत प्राप्त गर्ने छन् । आफ्नो विवरण त्यहाँ अध्याविधिक हुँदा सबै विवरण सुरक्षित समेत हुने छ । अहिले बुटवल र भैरहवामा रहेका दुई वटा रक्तसञ्चार सेवा केन्द्रमा विलिङ्ग प्रणाली मेनुअलमा मात्रै रहेकोमा अव सबै कम्पयुटराईज प्रणालीबाट विकास गरिएको कोषाध्यक्ष गुरुङ्गको भनाई  छ । लुम्बिनी टेक प्रालिसँगको सहकार्यमा यो प्रणालीको शुरुवात गरिएको हो । जसबाट ल्याव रिर्पोट समेत प्रीन्ट गर्न र हेर्ने मिल्ने समेत बनाइएको छ ।

स्वचाहिलत विलिङ्ग प्रणाली र प्रीन्ट व्यवस्था, व्याक्तित युजर र पासर्वड, ल्याब रिर्पोट प्रीन्ट, डोनर कार्ड, डोनर सर्टिफीकेट, नगद भौचर ईमेल मार्फत पठाउन मिल्ने प्रणाली विकास गरिएको संयोजक गुरुङ्ग बताउँछन् । यस्तै संभावित रक्तदान कार्यक्रम तालिका, आयोजक मिति, स्थान, रक्तदाता, रक्तदानगर्ने स्थान समेत जानकारी दिने गरी प्रणालीको विकास गरिएको हो ।

यसमा रगत एक्सपाईरी अर्लाम सिस्टम, अनलाईन एक्सेस, निरीक्षण तथा नियन्त्रण हुने तथा रक्तदाताको नाम, सम्पर्क नम्बर पनि उपलब्ध हुने गुरुङले बताए । रूपन्देहीमा सञ्चालनमा ल्याइएको सफ्टवेयर तथा मोबाईल एप नेपालमै पहिलो भएको रेडक्रस रूपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेले जानकारी दिए । उनले मोबाईल एपलाई थप व्यवस्थित र परिमार्जन गर्दै लैजाने उल्लेख गरे ।

रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनीले सफ्टवयेर र मोबाईल एपले रक्त सञ्चार र रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गरेको बताए । उनले रक्त सञ्चार सेवा केन्द्र बुटवल र भैरहवामार्फत ४५० बढी सकारी तथा गैरसरकारी संघ–संस्थाहरूको सहयोग तथा २८ वटा पालिकाहरूसँग निःशुल्क रगत प्रदान गर्ने सम्झौता गरेको उल्लेख गरे । उनले पैसाको अभावमा रगतबाट वञ्चित हुन नपर्ने उल्लेख गर्दै रक्तदान सम्बन्धी अभियानमा सबैलाई जोडिन आग्रह समेत गरे ।

नेपाल रेडक्रस सोसाईटी रूपन्देहीका उपमन्त्री अर्जुनराज उपाध्यायको सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी प्रेस क्लब, रूपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझी, रेडक्रस रूपन्देहीका उपसभापति रूपमा हिराचन लगायतले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।