ताजा अपडेट »
नेपाल प्रिमियर लिग (एनपीएल)

एनपीएल् अक्सनः कुन खेलाडी कुन टिममा (सुची सहीत)

खेलाडीमा सबै भन्दा बढी लगानी गर्ने टिम बन्याे 'लुम्बिनी लायन्स'

सोमबार, २१ असोज २०८१, ०८ : ०१
304 Shares
सोमबार, २१ असोज २०८१
304 Shares

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौँमा भएको अक्सनमा आगामी मंसिरमा सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आइतबार विभिन्न ८ टोलीले खेलाडीहरू खरिद गरेका छन्।  अक्सनका लागि ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा खेलाडीलाइ विभाजन गरिएको थियो।

पहीलेनै  घोषणा गरिसकिएका मार्की खेलाडी बाहेकलाई प्रत्येक टिमले समान १०/१० खेलाडी अक्सनमार्फत छानेकाे हो।  सुदूरपश्चिम रोयल्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी ८ वटा टिमले शनिबार अक्सन मार्फत ५ देखि १५ लाखसम्ममा खेलाडी लाइ खरिद गरे।

टाेलीले ग्रेड ‘ए’ र ‘सी’ बाट समान ३ र ग्रेड ‘बी’ बाट ४ खेलाडी खरिद गरेका हुन्।   आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म संचालन हुने यस लिगका लागि खेलाडी खरिदमा सबैभन्दा धेरै लुम्बिनी  लायन्लेसले ८४ लाख ७५ हजार रूपैया तथा सबैभन्दा कम चितवन राइनोजले ६३ लाख  खर्च गरेका छन्।

सुदूरपश्चिम रोयल्सले ७४ लाख, काठमाडौँ गुर्खाजले ७० लाख, चितवन राइनोजले ६३ लाख, विराटनगर किंग्सले साढे ६६ लाख, जनकपुर बोल्टस्ले ६९ लाख २५ हजार, लुम्बिनी लायन्सले साडे ८४ लाख ७५ हजार, पोखरा एभेन्जर्सले साढे ८० लाख र कर्णाली याक्सले ७४ लाख खर्च गरेका छन्।  काठमाडौँमा संचालन हुने यस लिगमा  लिगमा एक टोलीमा १६ खेलाडी रहेनछन्। जसमा मार्की, चार विदेशी र एक ट्यालेन्ट हबाट टिममा अनुबन्ध हुनेछन्। 

एनपीएलका मार्की खेलाडीमा करण केसी (काठमाडौँ गुर्खाज), कुशल मल्ल (चितवन राइनोज), रोहित पौडेल (लुम्बिनी लायन्स, सोमपाल कामी (कर्णाली याक्स), आसिफ सेख (जनकपुर रोयल्स), कुशल भुर्तेल (पोखरा एभेन्जर्स), सन्दीप लामिछाने (विराटनगर किंग्स), , र दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स) रहेका छन्।

यस्तो बन्यो एनपीएल खेल्ने टीमः 

टिम खेलाडी
काठमाडौँ गुर्खाज

करण केसी (मार्की खेलाडी)
दिपेश प्रसाद कँडेल (बी)
सुमित महर्जन (बी)
साहब आलम (ए)
शंकर राना (बी)
भीम सार्की (ए)
विवेक केसी (सी)
प्रतिक श्रेष्ठ (सी)
रिजु रिजाल (सी)
प्रसिद खान (ए)
कृष्ण कार्की (बी)


चितवन राइनोज

कुशल मल्ल (मार्की खेलाडी)
रिजन ढकाल (ए)
विपिन रावल (बी)
रन्जित कुमार (सी)
सन्तोष कार्की (सी)
गौतम केसी (सी)
अमर सिंह राउटेला (बी)
दीपक बोहोरा (बी)
कमल सिंह ऐरी (ए)
शरद भेषवाकर (ए)


लुम्बिनी लायन्स 

रोहित कुमार पौडेल (मार्की खेलाडी)
आशुतोष गृरैया (बी)
सूर्य तामाङ (ए)
दिनेश अधिकारी (सी)
विवेक यादव (ए)
दुर्गेश गुप्ता (बी)
दिलक राज भण्डारी (बी)
अविशेक गौतम (सी) 
सन्दीप जोरा (ए)
अर्जुन साउद (ए)
विकास अग्रि (बी)

कर्णाली याक्स

सोमपाल कामी (मार्की खेलाडी)
दीपेन्द्र रावत (सी)
रित गौतम (बी)
दीपक डुम्रे (सी)
मौसम ढकाल (बी)
नन्दन यादव (ए)
भुवन कार्की (बी)
युनिश विक्रम सिंह ठकुरी (बी)
देव खनाल एगुल्सन कुमार झा (ए)

जनकपुर बोल्ट्स

आसिफ सेख (मार्की खेलाडी) 
अनिल कुमार शाह (ए)
ललित राजवंशी (ए)
अरनिको प्रसाद यादव (सी)
रुपेश कुमार सिंह (बी)
शुभ कंशाकार (सी)
तुल बहादुर थापा मगर (सी)
किशोर महतो (ए)
शेर मल्ल (बी)
हेमन्त धामी (ए)
आकाश त्रिपाठी (बी)

पोखरा एभेन्जर्स

कुशल भुर्तेल (मार्की खेलाडी)
दिनेश खरेल (सी)
किरन कुमार ठगुन्ना (बी)
सागर ढकाल (ए)
नारायण जोशी (बी)
आकाश भन्द (ए)
अमृत गुरुङ (सी)
विपिन खत्री (बी)
त्रित राज दास (सी)
दिलिप नाथ (ए)
सुनम गौतम (ए)

विराटनगर किंग्स

सन्दीप लामिछाने (मार्कि खेलाडी)
सुवास भण्डारी (सी)
लोकेश बम (ए)
नरेन भट्ट (सी)
प्रतिश जिसि (ए)
राजेश पुलामी मगर (बी)
जितेन्द्र कुमार मुखिया (बी)
अनिल खरेल (बी)
दीपक बोहोरा (बी)
भासिर अहमाद (ए)
मृनल गुरुङ (सी)

सुदूरपश्चिम रोयल्स

दीपेन्द्र सिंह ऐरी (मार्की खेलाडी)
भोजराज भट्ट (सी)
अमित श्रेष्ठ (सी)
एमडी आरिफ सेख (ए)
अविनाश बोहोरा (ए)
खडक बहादुर बोहोरा (बी)
नरेन साउद (सी)
अर्जुन कुमाल (बी)
इशान पाण्डे (बी)
विनोद भण्डारी (ए)
नरेश बुढायर (बी)







 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।