ताजा अपडेट »
एनपीएल

सबै फ्रेन्चाइज टिमकाे राेजाइमा रहेका गुल्शन कर्णालीको पोल्टामा

सातै टिमले समान बाेली लगाए पछि गाेला प्रथा बाट कर्णालीमा छानिए

आइतबार, २० असोज २०८१, २२ : ५४
112 Shares
आइतबार, २० असोज २०८१
112 Shares

काठमाडौं । नेपाली राष्ट्रिय टीमका  अलराउन्डर गुल्शनकुमार झा नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा कर्णालीमा आवद्ध भएका छन् । उनी गोला प्रथाबाट कर्णालीकाे पाेल्टामा गएका हुन । गुल्शन एनपीएलकाे अक्सनमा सबैभन्दा बढी चासोमा थिए । आठै वटा टीम उनलाई भित्र्याउन आतुर थिए । उनलाइ ७ टीमले उच्चतम १५ लाखको बोली लगाए ।

लुम्बिनीले भने ए ग्रेडका ३ खेलाडीको कोटा पहिलेनै  पुर्याइ सकेकाेले एनपीएलकाे नियमअनुसार गुल्शनलाई लिने दौडमा सामेल हुन पाएन ।अन्तिममा गोलाप्रथाबाट उनलाइ कर्णालीले लग्यो । गुल्शनलाई प्राप्त गर्दा कर्णाली टीमको खेमामा अत्यन्तै  खुशीयाली छाएको थियो। फ्रेन्चाइजका सदस्यहरुले आपसमा बधाई साटासाट समेत गरेका थिए । कर्णालीको मार्की खेलाडीमा भने सोमपाल कामी रहेका छन् ।

अन्डर १९ टिम हुदै राष्ट्रिय टीममा आएका  १८ वर्षिय गुल्शनले नेपाली राष्ट्रिय टीमका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । हालेै जारी नेपालको क्यानडा भ्रमणमा समेत उनले शानदार प्रदर्शन गरेका थिए ।गुल्शन झा विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । उनले थुप्रै म्याचमा नेपाललाई अप्ठेरो स्थितिबाट पार लगाएका छन् ।

पछिल्लो समय ब्पयाटिङ संगै उनको बलिङ पनि धारिलो हुँदै गएको छ ।ब्याटिङ र बलिङ दुवैमा अलराउन्ड दिन सक्ने देखेरनै सबै टिमले उनीमाथि बाेली लगाएका थिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।