ताजा अपडेट »
दशैकालागि खसी बाेका

दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानसंग खसी-बाेका किन्न थाल्याे

कार्यालयले यस वर्ष दाङबाट ४ सय गोटा खसिबोका काठमाडौँ पठाउने

आइतबार, २० असोज २०८१, २२ : १६
38 Shares
आइतबार, २० असोज २०८१
38 Shares

दाङ । प्रत्येक वर्ष झैँ यस पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले दसैँका लागि शुक्रवारबाट खसि बोका खरिद गर्न थालेको छ । कार्यालयले यसवर्ष दाङबाट ४ सय गोटा खसिबोका खरिद गरेर काठमाडौँ पठाउने भएको हो । कार्यालयले खरिद गर्न थालेपछि व्यावसायिक रूपमा बाख्रा पालन गरेका किसानहरू बिहान नै देखि कार्यालयमा खसिबोका लिएर आएका छन् । गाउँघर र बजार मूल्यभन्दा बढी र नगद पाइने भएकाले कार्यालयमा खसिबोका ल्याएर किसानहरू बिक्री गर्ने गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-३,अविधाराका राम बहादुर खत्रीले ५ गोटा खसीहरू बिक्री गर्न ल्याएका थिए । उनले पहिलो पटक बिक्री गर्न ल्याएको भन्दै गाउँघरको मूल्य भन्दा राम्रो पाइने भएपछि पहिलो पटक खसी ल्याएर आएको बताए । उनले भने,‘ अहिलेसम्म गाउँघरमा प्रतिकिलो ८ सय काटेर बिक्री गर्ने गरेको थिए । तर, समयमा पैसा नउठ्दा समस्या हुने गरेको थियो । तर, यस पटक भने यहाँ बिक्री गर्न ल्याएको छु ।

यहाँ जिउँदो प्रतिकिलो ५६० रुपैयाँका खसी खरिद हुन्छ ।’ यस्तै उनले आफूसँग अहिले घरमा २५ गोटा खसी बाख्राहरू रहेको भन्दै व्यावसायिक रूपमा पालन गर्दा समस्या हुने गरेको बताए । उनका अनुसार घाँस प्रशस्त भएयता पनि बेला बेलामा रोगका कारण खसी बाख्राहरू मर्न गरेका छन् । गाउँमा पशु अस्पताल नहुँदा आफू जस्ता धेरै किसानहरूलाई समस्या हुने गरेको बताए । उनले भने,‘पशु अस्पताल पनि नजिकमा छैन, भने ठुला खसिबोका हरू पनि समयमा बिक्री हुँदैन,।गाउँघरमा उधारो मात्र जान्छन्, समयमा पैसा आउँदैन ।
यो खरिद कार्यक्रम वर्षमा एक पटक मात्र हुने हुँदा त्यति सहज नहुने समेत बताए । बिहान ११ बजेदेखि कार्यालयले खसिबोका खरिद गर्ने समय तोकेको थियो । तर, किसानहरू भने बिहानै खसिबोका लिएर कार्यालयमा आइपुगेको थिए । खसिबोका बिक्री गर्नको किसानहरूले पहिले नै नाम टिपाएका थिए । गाउँ घरको मूल्य भन्दा बढी र एकै पटक नगद पैसा पाइने भएकाले संस्थामा पहिलो पटक खसिबोका बिक्री गर्ने तुलसीपुर-३, गोटिखोला मेनका खड्काले बताइन् । आफूले यस पटक ४ गोटा बोका र २ वटा खसी ल्याएर आएको बताइन् । बजार मूल्य भन्दा केही थोरै बढी भएको हुँदा ल्याएर आएको उनको भनाइ छ ।

गाउँघरमा साढे ५ सय प्रतिकिलो रहेको छ, भने यहाँ ५६० प्रतिकिलो खसीको मूल्य रहेको भन्दै उनले यो भन्दा अझ बढी मूल्य भए अझ किसानहरूलाई राहत हुने बताइन् । यस्तै लामो समयदेखि व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएका तुलसीपुर-३, नाउलाका जङ्ग बहादुर वलीले यस पटक १० गोटा खसी बिक्री गर्न ल्याएको बताए । उनले कार्यालयले खरिद गर्न लागेको समयदेखि नै कार्यालयमा यसरी नै बिक्री गर्दै आएको बताए ।

तर, गत वर्षको भन्दा यस पटक मूल्य कम भए पनि एकमुष्ट पैसा पाइने हुँदा कार्यालयलाई बिक्री गर्ने गरेको उनको भनाइ छ । उनले भने,‘ गाउँघरमा पनि बिक्री त हुन्छन्, तर, यहाँको जस्तो एकमुष्ट पैसा पाइदैन् । गत वर्षको भन्दा यस पटक मूल्य कम रहेको छ । तर, पनि यहाँ बिक्री गर्नको लागि मलाई धेरै सहज हुन्छ ।’

यस्तै उनले लामो समयदेखि सरकारले खसी बोकाको मूल्य एउटा गराउने गरेको भन्दै थोरै बढाउनु पर्ने बताए । उनले भने,‘ हरेक वर्ष हरेकको मूल्य बढेको हुन्छ । तर, हाम्रा खसी बोकाको मूल्य विगत देखि नै उस्तै रहेको छ । यस पटक बढ्ला भनेको अझ केही घटेको छ । ’संस्था पहिलो दिन २ सय गोटा खरिद गरेर काठमाडौँ पठाउने भएको छ, भने, बाकी दुई सय गोटा शनिवार खरिद गरेर पठाउने जनाएको छ ।

गत वर्ष जिउँदो खसीको प्रतिकिलो मूल्य ५६२ रुपैयाँ थियो, भने यस पटक ५६० रहेको छ । बोकाको मूल्य ५४२ रहेकोमा यस पटक ५४० तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले बताए । उनका अनुसार कार्यालयमा आएर यसरी खसिबोका बिक्री गर्ने किसानहरूको बर्सेनि उत्साह बढ्दै गइरहेको छ । किसानहरूले एक वर्षदेखि आफूहरूलाई खसिबोका बिक्री गर्ने भनेर कुरेर बस्ने गरेको भन्दै उनले गत वर्षको भन्दा यस पटक थोरै मूल्य कम रहेको समेत बताए ।

२० देखि ४० किलो जिउँदो सेतो रङ बाहेककाे खसी  १८ देखि ३० किलोसम्म खरिद गरेको उनको भनाइ छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी