ताजा अपडेट »
कला/मनाेरञ्जन

बलिउड गायक साेनु निगमकाे पुस १० गते काठमाडौंमा कन्सर्ट हुदै

आइतबार, २० असोज २०८१, २२ : ०३
26 Shares
आइतबार, २० असोज २०८१
26 Shares

काठमाणडैं । चर्चित भारतीय गायक सोनु निगमकाे नेपालमा कन्सर्ट हुने भएकाेछ। डिसेम्बर २५ अर्थात पुस १०गते क्रिसमसको अवसर पारेर काठमाडौंमा 'सोनु निगम लाइभ इन नेपाल' नामकाे सांगीतिक कार्यक्रम हुने भएको हो। नेपाली टच–नेपालले  आइतबार पत्रकार सम्मेलनकाे आयाेजना गरी  कार्यक्रम बारे औपचारिक घोषणा गरेको हो।

नेपाली टचविगत १५ वर्षदेखि अस्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेको छ । उसले नेपालमा पहिलो पटक सांगीतक कार्यक्रम गर्न लागेको हो। कार्यक्रममा बोल्दै 'नेपाली टच नेपाल' का प्रमुख राजकुमार गोस्वामीले अस्ट्रेलियामा कार्यक्रम गर्दै आइएकोमा नेपालमा पनि सोही अनुसार कार्यक्रम गर्ने योजना अनुसार सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए।

'हामीले विगत १४–१५ वर्षदेखि अस्ट्रेलियामा कार्यक्रम गरिरहेका छौं। आफ्नै देशमा किन इभेन्टहरु नगर्ने भनेर नेपालमा एउटा इभेन्ट गर्ने कोशिस गरेको हो', उनले भने 'हामीले एउटा कार्यक्रम गरायौं भने नेपालसँग अन्तर्राष्ट्रिय कलाकारलाई जोड्ने माध्यम बन्छ। यहाँको सँगै बलिउडको कलासंस्कृतिलाई जोड्ने यो महत्वपूर्ण माध्यम हुनेछ। यसले नेपाली पर्यटनमा पनि सहयोग गर्ने आशा हामीले राखेका छौं।' - गाेश्वामीले भने ।

गोस्वामीले क्रिसमस–डे को अवसर पारेर हुने कार्यक्रमका लागि आजैबाट टिकट बिक्री सुरू भएको घोषणा पनि गरे।   कार्यक्रममा सहभागी हुन चाहनेले कार्यक्रमको औपचारिक टिकट बिक्रेता इसेवामार्फत टिकट किन्न सक्नेछन्। कार्यक्रमका लागि चार प्रकारका टिकटको व्यवस्था गरिएको छ। टिकेटिङ पार्टनर इसेवाका कार्यक्रम प्रमुख गौरीशंकर दाहालले इसेवाले पहिलेदेखि नै ठूला राम्रो इभेन्टको आवश्यकता महसुस गरिरहेकोमा सोनु निगमसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे।

हायात रिजेन्सीका सेल्स तथा बजार प्रमुख अमित वालियाले कार्यक्रमको हस्पिट्यालिटी पार्टनरका रुपमा जोडिन पाउँदा खुसी लागेको बताए। उनले सोनु निगमको नेपाल बसाइलाई उत्कृष्ट बनाउन कुनै कसर नराखिने जानकारी दिए।

यस्तै 'नेपाली टच' सँग विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी चर्चित टेलिभिजन प्रस्तोता तथा स्ट्यान्डअप कमेडियन सन्दिप क्षेत्रीले 'नेपाली टच–नेपाल' को नयाँ सुरूवातलाई शुभकामना दिए।

कार्यक्रमका लागि ६ बजे प्रवेश खुला गरिनेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।