ताजा अपडेट »
कावा यू२० पुरूष भलिबल

श्रीलङ्कामा जारी यु २० पुरुष भलिबलमा नेपालको विजयी सुरुवात

आइतबार, २० असोज २०८१, २१ : १२
14 Shares
आइतबार, २० असोज २०८१
14 Shares

काठमाडौं ।आइतबारबाट श्रीलंकामा सुरु काभा पुरुष यु–२० भलिबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा घरेलु टोली‌ श्रीलंकालाई आइतवार ३-० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेटमा २५-१४ को सहज जित निकालेको नेपालले पछिल्ला दुवै सेटमा कडा चुनौतीको सामना गर्नुपरेको थियो।

यद्यपी नेपालले दोस्रो सेट २५-२३ र तेस्रो सेट नेपालले २८-२६ ले आफ्नो पक्षमा‌ पार्दै च्याम्पियनसिपमा दमदार सुरुवात गरेको छ । असोज २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगिताको दोस्रो खेल असोज २१ गते हुनेछ जसमा नेपालले उज्वेकिस्तानको खेल्ने छ भने असोज २२ गते तेस्रो खेल माल्दिभ्सको संग खेल्ने छ । चौथो खेल नेपालले असोज २४ गते किर्गिस्तानसँग खेल्नेछभने  पाँचौ खेल असोज २५ गते तुर्किमेनिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ मा फाइनल खेल हुनेछ । केहि महिनाअघि काठमाडौंमा‌ भएको यु १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो । सोही प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले साउनमा माल्दिभ्समा भएको काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो।

नेपाली टोली – पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।