ताजा अपडेट »

स्थानीय तह उपनिर्वाचनका लागि रास्वपासहित २५ दल दर्ता

आइतबार, २० असोज २०८१, १७ : ०९
60 Shares
आइतबार, २० असोज २०८१
60 Shares

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासहित २५ दल दर्ता भएका छन् । संविधान बमोजिम ती दल मंसिर १६ गते आइतवार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् । 

 निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए । जसअनुसार कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम ९४० बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए । संसदको चौथो ठुलो दल पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुन लागेको हो । 
 
उपचुनावका लागि दर्ता भएका दलहरुको सूची

capture_rQ1cNLxg7h

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।