ताजा अपडेट »

दाङमा तिब्र गतिमा रहेको हाइस घरभित्र पस्यो, ६ जना घाइते

आइतबार, २० असोज २०८१, ११ : ४३
54 Shares
आइतबार, २० असोज २०८१
54 Shares

दाङ । तुलसीपुरमा रुकुम पश्चिम जाँदै गरेको हाइस गाडी दुर्घटनामा परेको छ । आइतबार बिहान पौने ७ बजेतिर तुलसीपुर ७ डाँडापातुस्थित रुकुम पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ज ७७२ नम्बरको ई.भी. हाइस गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो । गाडी सडकबाट खिम बहादुर मल्लको दुई कोठाको घरमा पसेको छ ।

दुर्घटनामा परी ६ जना घाइते भएका छन् । तिब्र गतिमा रहेको हाइस गाडी ओभरटेक गर्ने क्रममा घर भित्र पसेको हो । गाडीमा चालकसहित ९ जना सवार थिए । चालक कुमार सन्यासीसहित ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

दुर्घटनामा हाइस चालक रुकुम पश्चिम मुसीकोट नगरपालिका ४ का २५ वर्षीय कुमार सन्यासी, गाडीमा सवार सल्यानको शारदा नगरपालिका-७ निवासी २४ वर्षकी कल्पना चलाउने, उनको ८ वर्षीया छोरी निर्मला घाईते भएको प्रहरीले जनाएको छ ।

यस्तै सल्यानको बागचौर नगरपालिका ७ बस्ने २७ वर्षकी सपना चलाउने, जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ घर भइ जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार ३९ वर्षीय दुर्गा बहादुर बिक र गाडी पसेको घरमा भाडामा बस्ने मंगला श्रेष्ठको १२ वर्षीय छोरा रण विर नेपाली घाईते भएको प्रहरी निरीक्षक थापाले बताए । घाइते सबैको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।