ताजा अपडेट »

दुबै मृगौला फेल भएपछि उपचाररत कुमाललाई आर्थिक सहयोग हस्तान्तरण

आइतबार, २० असोज २०८१, ०८ : ५३
310 Shares
आइतबार, २० असोज २०८१
310 Shares

दुबै मृगौलाले काम नगरेपछि उपचाररत सन्धिखर्क नगरपालिका-१२ कुमालटोलका ३७ वर्षीय लिल बहादुर कुमाललाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सन्धिखर्क नगरपालिका–१२ घर भई हाल स्वदेश तथा विदेशमा रहेका युवाहरुको सहकार्यमा संकलित एक लाख दुई हजार पाँच सय नौं रुपैया नगद सहयोग प्रदान गरिएको हो । 

स्थानीय सुमन बस्यालको संयोजकत्वमा विभिन्न माध्यमबाट अभियान सञ्चालन गरी सहयोग रकम जम्मा पारिएको थियो । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत उनलाई शनिबार भेटेर सहयोग रकम प्रदान गरिएको संयोजक बस्यालले बताए । स्थानीय युवाहरु विष्णु पाण्डे, कमल बस्याल, प्रकाश खनाल, विष्णुप्रदिप बस्याल र चिरञ्जीवी बस्याल लगायतका युवाहरु अभियानमा सहभागी भएका थिए । 

वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब रहँदै आएका लिल बहादुर बिरामी भएपछि स्वदेश फर्केका थिए । मृगौला प्रत्यारोपणका लागि ठूलो धनराशी खर्च हुने भएकाले आर्थिक अभावका कारण उपचारमा समस्या भएको पीडितले बताउदै आएका छन् । सहयोग रकम प्राप्त गरेपछि खुसी व्यक्त गर्दै उनले सबैमा धन्यवाद समेत ज्ञापन गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।