ताजा अपडेट »

बुटवलको देबीनगरमा सरसफाई अभियान

शनिबार, १९ असोज २०८१, २२ : ५६
20 Shares
शनिबार, १९ असोज २०८१
20 Shares

बुटवल । बुटवल उपमहानगरपालिका-११ देबीनगरमा हिन्दुहरुको महान चाड बडादशैँको अवसरमा सरसफाई कार्यक्रम अयोजना गरिएको छ । देबीनगर सरसफाई तथा वातावरण संरक्षण सहकारीद्वारा शनिबार सरसफाई कार्यक्रम आयोजना गरिएको हो ।

देबीनगर देवसिद्ध चोकदेखि देविनगर चौपारी (प्रहरी बीट)सम्म सरसफाई गरिएको हो । कार्यक्रममा बुटवल उपमहानगरपालीका वडा न ११ का  कार्यबाहाक वडा अध्यक्ष युबराज रानाले मुद्घाटन गर्दै टोल समाज र आफ्नो वरीपरी सरसफाई राख्नु भनेको आफ्नो दीर्घ जीवनका लागि भएको उल्लेख गरे । आफ्नो दिर्घ जीवनका लालगि आफैले अभियानमा लाग्न आह्वान गरे । 

कार्यक्रममा बुटवल उपमहानगर सामाजिक शाखाका प्रमुख दामोदर ज्ञवालीले समृद्ध बुटवल खुसी बुटवल बासीको नारालाई साकार बनाउन पनि सरसफाई अभियान आवश्यक रहेको उल्लेख गरे । सरसफाई अभियानमा वडाका जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  सहकारीका अध्यक्ष भूमिश्वर खत्रीको अध्यक्षता तथा सचिव सुरेश पौडेलको सञ्चालनमा एक औपचारिक कार्यक्रमका बीच सरसफाई अभियान सफल पारिएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।