ताजा अपडेट »

नेपाल क्यानडामा अभ्यास खेलमा पनि पराजित

शनिबार, १९ असोज २०८१, १३ : ३८
84 Shares
शनिबार, १९ असोज २०८१
84 Shares

काठमाडौं । नेपाल एचटी क्यानडासँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ । गएराति सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको हो ।

क्यानडामा सम्पन्न लिग- २ सिरिज र त्यसपछि टी-२० सिरिजको असफलतापछि पनि नेपालको हारको सिलसिला रोकिएको छैन । नेपालले लिग-२ सिरिजमा केबल १ अंक जोडेको थियो भने टी-२० सिरिजमा २ खेल ओमानविरुद्ध जितेको थियो ।

नेपालले यो अभ्यास खेल सोमपाल कामीको कप्तानी खेलेको थियो । नेपालले दिएको १४४ रनको लक्ष्य पछाएको एचटी क्यानडाले ३६ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि नेपाल ३९.४ ओभरमा अल आउट हुदै १४३ रन बनाएको थियो  ।

नेपाल र एचटी क्यानडाबीचको दोस्रो अभ्यास खेल आज राति र तेस्रो खेल मंगलबार खेल्दै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।