बुटवल। नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन (बुटवलको आयोजनामा आउदै गरेका चाडपर्वहरु विजयदशमी, शुभदिपावली, नेपाल संवत तथा छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
शुक्रबार बुटवलमा नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन बुटवलको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन बुटवलका अध्यक्ष अधिवक्ता खडानन्द भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ अधिवक्ता प्रा, बेनी बहादुर पौडेल क्षत्री, नेपाल बारका केन्द्रिय उपाध्यक्ष पशुपति भण्डारी, लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता यमलाल खनाल, अधिवक्ताहरु कमलराज बश्याल,हिमलाल न्यौपाने, जोग बहादुर खत्री, गोविन्द मरासिनी, रामजी प्रसाद ज्ञवाली, ओम पंगेनी, कमल प्रसाद भुसाल लगायतले शुभकामना ब्यक्त गर्दे कानुन ब्यावसायी सामाजिक अभियान्ता भएकाले न्यायका विषयका संवेदनशील हुनुपर्ने सुझाव दिदै साझा सवाल एकजुट हुनुपर्ने बताए।
कार्यक्रममा नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन बुटवल उपाध्यक्ष शारदा कुमारी नेपालले स्वागत तथा संचालन सचिव लोक प्रसाद खरेलले गरेका थिए ।
प्रतिक्रिया