ताजा अपडेट »

बुटवलमा खसी-बोका भनेर बाख्रीको मासु बिक्री

शनिबार, १९ असोज २०८१, ११ : २४
1.77K Shares
शनिबार, १९ असोज २०८१
1.77K Shares

बुटवल । बुटवल उपमहानगरपालिका(२ मैनाबगरमा रहेको पुरानो दिलसेर मासु पसलले खसी, बोकाको भन्दै बाख्रीकोमासु बेचेको भेटिएको छ।

बुटवल उपमहानगरपालिकाले बिगत १ हप्तादेखि नियमित मासु पसलमा गरिरहेको अनुगमनका क्रममा शनिबार पुरानोदिलसेर मासु पसलले खसी बोकाको भन्दै बाख्रीको मासु बेचेको भेटिएको बुटवल उपमहानगरपालिकाका राजस्वशाखा अधिकृत जीवन भट्टराईले जानकारी दिए।

उनले मासु पसलबाट १० किलो बाख्रिको मासु बरामद गरि नष्ट गरिएको जानकारी दिए । मासु पसलकासञ्चालक जमशेरलाइ १० हजार कारवाही गरि कार्यालय बोलाईएको बताए।  त्यस्तै बुटवल वडा नम्बर २, ५ र ६ का केही मासु पसलमा शनिबार अनुगमन गरिएको थियो  । सो क्रममा केही पसलबन्द गरिएको र कतिपय खसी बोका पसलमा बध नगरेको भेटिएको बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।