ताजा अपडेट »
प्रतिलिपी अधिकार

सामाजिक सञ्जालमा चलिचत्र खिचेर राखेमा कारवाही गर्ने बोर्डको चेतावनी

शुक्रबार, १८ असोज २०८१, २२ : ५४
6 Shares
शुक्रबार, १८ असोज २०८१
6 Shares

काठमाडाैं । नया नेपाली चलचित्रहरू प्रदर्शनरत भइर्चरहदा तिनै चलचित्रका दृश्यहरू टिकटक र फेसबुक रिल्स तथा फेसबुक पाेष्टहरूमा देखिन थालेपछि चलचित्र विकास बोर्डले दर्शकहरूलाइ सचेत गराएको छ। बाेर्डले मोबाइलबाट फिल्मका महत्त्वपूर्ण दृश्य खिचेर सामाजिक सञ्जालमा अपलोड नगर्न सबैमा आग्रह गरेको हो। बोर्डले शुक्रबार एक सूचना जारी गर्दै प्रतिलिपि अधिकार उल्लंघन गर्नेलाई कानूनी कारबाहीको समेत चेतावनी दिएको छ। 

Screenshot 2024-10-04 234245

‘हाल नेपालमा प्रदर्शनरत नेपाली चलचित्रहरूको मुख्य–मुख्य अंशहरूको भिडिओ सामाजिक सञ्जाल भरी व्याप्त भइरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ। यसरी चलचित्रको मुख्य अंशहरूको अनधिकृत दुरूपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने अवस्था रहन जान्छ। अर्काको सिर्जना तथा सम्पतिको गैर कानुनीरूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनीरूपमा दण्डनीय अपराध हो,’ सूचनामा उल्लेख गरीएकाेछ। 

यस्तो गरिएको पाइमेमा प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएको उपकरण जफत हुनुको साथै दण्ड, जरिवाना र क्षतिपूर्ति समेत गर्नुपर्ने तर्फ बोर्डले सचेत गराएको छ।  पछिल्लो साता फिल्ममा चलचित्र बेहुली फ्रम मेघौली, शाम्बाला लगायतका चलचित्र प्रदर्शनरत छन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।