ताजा अपडेट »

'चाडपर्वको समयमा जनधनको क्षती हुनु दु:खद'

शुक्रबार, १८ असोज २०८१, १८ : १०
30 Shares
शुक्रबार, १८ असोज २०८१
30 Shares

बुटवल ।पछिल्लो समय मौसममा भएको परिवर्तनको कारणले दुर्घटना भएको निकै दु:खद भएको अटो ईन्जिनियरिङ एसोसिएसनले दु:ख ब्यक्त गरेको छ। 

बुटवल अटो ईन्जिनियरिङ एशोसियशन रुपन्देही लुम्बिनीले आउदै गरेका पर्वहरु विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत ११४५ एवं छट पर्व २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने ब्यक्तिहरुले चाडपर्वको समयमा जनधनको क्षती हुनु दु:खद भएको बताएका थिए।

सडकको दुरावस्थाको कारणले दुर्घटना हुने गरेको भन्दै कार्यक्रमका बक्ताहरुले यस्ता दुर्घटना चाडबाडको मुखमा भएका यस्ता दुर्घटनाले ठूलो जनधनको क्षती भएको बताएका हुन। 

कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै सस्थाका सस्थापक अध्यक्ष खडक बहादुर गौतमले नेपालीहरुका महान पर्वहरुको मुखमा दुर्घटना बेहोर्नु परेपनि शोकलाई शक्तिमा बदल्न जरुरी रहेको बताए। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले यो ब्यवसाय धराशायी बन्दै गईरहेको भन्दै यसको अवस्था सुधार्नेगरी काम गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै नेपाल अटो मेकानिस्क ब्यवसायी  महासंघका केन्द्रिय अध्यक्ष जनार्दन गैह्रेले दैवी प्रकोपले बिपत्ती आएको अवस्थामा संघ सस्थाबाट के गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने अवस्था आएको बताए। 
बुटवल अटो ईन्जिनियरिङ एशोसियशन रुपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनले आफू नेतृत्वमा आए संगै यो क्षेत्रका समस्या हटाउदै थप क्षमता विकास एवं सस्थागत विकासमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे। उनले आफ्नो कार्यकालमा वार्षिक कार्ययोजना सहित लाग्ने बताए। 

कार्यक्रममा पूर्व अध्यक्षहरु टंक गैरे, भोज बहादुर बुढाथोकी, केवल प्रसाद यादब, सल्लाहकारहरु सुशील श्रेष्ठ, कृष्ण प्रसाद न्यौपाने ,महेश्वर लम्साल,प्रेस सल्लाहकार प्रदीप आचार्य,कानुनी सल्लाहकार दामोदर घिमिरे, बाणिज्य उपाध्यक्ष बाबुराम आचार्य, उद्योग उपाध्यक्ष ध्रुव राज भुसाल,महासचिव पुनित पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।