ताजा अपडेट »

सहकारीको समस्या हेर्नुभन्दा सरकार मलाई फसाउन लागिपरेको छ: रवि लामिछाने

शुक्रबार, १८ असोज २०८१, १४ : ५५
122 Shares
शुक्रबार, १८ असोज २०८१
122 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्य सहकारीको समस्या समाधान गर्न भन्दा आफूलाई फसाउन लागिपरेको आरोप लगाएका छन् ।

शुक्रबार आफ्नो निर्वाचन क्षेत्रमा जनतासँगको अन्तरक्रियामा बोल्दै सभापति लामिछानेले ‘छानबिन समितिमा कसैको ध्यान त रवि लामिछाने मात्रै थियो। तर, पनि राज्यको सबै संरचना लागेर बनाइएको प्रतिवेदनमा सहकारीको रकम अपचलनमा आफ्नो कुनै सहभागिता नभएको उल्लेख गरिएको छ। त्यसको व्याख्या अपव्याख्या जे गरे पनि। त्यो पैसा ल्याउने कुरामा मेरो संलग्नता छैन।’

अनुसन्धानमा अझै सघाउने बचन दिँदै उनले थपे, ‘अहिले पनि प्रतिवेदनको पाना पल्ट्याएर कुन न्यायाधीशसँग कुन वकिलसँग कुन ठाउँमा कुन क्षेत्रमा बहस गर्नुपर्छ तयार छु। गलत ढंगले फसाउन खोजेर सकिन्न। दुई वर्ष लगाएर सक्नुभएन अझै खोज्नुस्। अनुसन्धानमा सघाउँछु।’

गोर्खा मिडिया नेटवर्कमार्फत सहकारीको बचत रकम अपचलनमा संसदीय समितिले उनको पनि संलग्नता देखाउँदै प्रतिवेदन तयार पारेपछि तनावमा परेका लामिछाने हाल आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।