ताजा अपडेट »

सुनको मुल्यमा नयाँ किर्तिमान

शुक्रबार, १८ असोज २०८१, ११ : ३७
696 Shares
शुक्रबार, १८ असोज २०८१
696 Shares

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ । 

आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस अघि असोज ११ गते सुनको मुल्य एक लाख ६१ हजार २ सयमा कारोबार भएको थियो । 

त्यस्तै विहिबार भने सुनको मूल्य एक लाख ६० हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मुल्य ३ रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।