ताजा अपडेट »
आईटीसी होटेल समूह नेपालमा

दरवारमार्गकाे अन्नपूर्ण होटलमा भित्रियो भारतीय होटल चेनआईटीसी

६अर्ब लगानीमा लक्जरियस होटल बनाउदै मीनबहादुर र उमेश श्रेष्ठ समुह

विहीबार, १७ असोज २०८१, २३ : ३९
4 Shares
विहीबार, १७ असोज २०८१
4 Shares

काठमाडौँ । दरबार मार्गको ५ तारे होटेल डेल’ अन्नपूर्णमा भारतीय होटेल समूह आईटीसी भित्रिएको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र लिटिल एन्जल्स स्कुलका सञ्चालक उमेश श्रेष्ठ समूहले होटेलको बहुमत शेयर खरिद गरेपछि यो होटेललाई अन्नपूर्ण स्वायर बनाएर नयाँ नाम सहित ब्राण्डिङ गरेपछि भारतीय प्रिमियर ब्राण्ड आईटीसी वेलकम भित्र्याउने समझदारीसमेत गरेको छ ।

नेपालमा ५ दशक भन्दा लामो  विरासत बोकेको अन्नपूर्ण होटेललाई गुरुङ-श्रेष्ठ समूहले लिएपछि अन्नपूर्ण स्क्वायर नामाकरण गरेका छन् । यो होटेलमा अन्तर्राष्ट्रिय चेन भित्र्याउने विषयमा बिहीबार अन्नपूर्ण स्क्वायर र भारतीय चेन होटेल आईसीटी हस्पिटालिटी बीच एक सम्झौता भएको छ । काठमाडौँको केसर महल स्थित गार्डेन अफ ड्रिम्समा बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

अन्नपूर्णमा नयाँ सञ्चालकहरू भित्रिएसँगै होटेल पूरै भत्काएर नयाँ  संरचना बनाउने काम भइरहेको छ । यो होटेल २०८५ को वैशाखदेखि सञ्चालनमा ल्याउने सम्मको तयारी गरीएकाे अन्नपूर्ण स्क्वायर का अध्यक्ष मीनबहादुर गुरुङले सम्झौता कार्यक्रममा बताएका हुन् ।

गुरुङले अन्नपूर्ण स्क्वायर लाई दक्षिण एसियाकै उत्कृष्ट होटेल बनाउने उद्देश्य राखेको समेत बताए । उनले यो होटेललाई नेपालको लक्जरी आतिथ्यको नमुना होटेल बनाउने पनि बताए । गुरुङले भाटभटेनी सानो क्षेत्रबाट सुरु गरेर अहिले देशव्यापी बनाएको कथासँग जोडेर होटेललाई अन्नर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने बताए ।

होटेलमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने अनुमान नयाँ लगानीकर्ताले गरेका छन् । यो होटेल अन्तर्राष्ट्रिय चेन भएसँगै ३३० कोठाको हुने भएको छ । होटेल परिसममै बिजनेस कम्प्लेक्ससहितको ४० वटा अपार्टमेन्टसमेत रहने बत्ताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।