ताजा अपडेट »

बाढी पहिरोका कारण ५७ स्वास्थ्य संस्थामा क्षति

विहीबार, १७ असोज २०८१, १९ : १५
16 Shares
विहीबार, १७ असोज २०८१
16 Shares

काठमाडौँ । बाढी पहिरोका कारणले देशभरका ५७ स्वास्थ्य संस्थामा सामान्य तथा पूर्णरूपमा क्षति भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले ५२ वटा स्वास्थ्य संस्थामा सामान्य क्षति र ५ वटा स्वास्थ्य संस्था पूर्णरूपमा क्षति भएको जनाएको हो ।

ती स्वास्थ्य संस्थामा क्षति भएपनि स्वास्थ्य सेवा प्रवाह निरन्तर भइरहेको मन्त्रालयले जनाएको छ । विपद्को घडीमा स्वास्थ्य क्षेत्रको प्रभावकारिताका लागि केन्द्रीय, प्रादेशिक र स्थानीय द्रुत प्रतिकार्य टोलीले विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय र आवश्यक कार्य गरिरहेको मन्त्रालयले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।