कृष्णनगर ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका भित्रको वडा नं १० बकौली र वडा नं १ बढाया गाउँको ७ जना भक्तहरुको टोली भारतको बाबा बागेश्वर धाम सम्म पैदल यात्रामा निस्किएका छन् ।
भारतको मध्य प्रदेशको छतरपुर जिल्लामा स्थित “बागेश्वर धाम” एवम् बाबा बागेश्वर सरकारको दर्शन गर्ने उद्देशका लागि असोज १७ गते ७ जना भक्तहरुले नेपालको राष्ट्रिय झण्डा लिएर पैदल यात्रा सुरु गरेका हुन्।
धार्मिक यात्रामा निस्केका कृष्णनगर नगरपालिका वडा नं १० बकौलीको मनिराम चौरसिया, तौलेश्वर चौरासिया, राम सुरत गुप्ता, राम शंकर धोबी, नन्दलाल प्रजापति, राज कुमार आराख र वडा नं १ बढयाको डा. विजय चौधरी रहेको छन् ।
कृष्णनगर नगरपालिका वडा नं १० को वडा अध्यक्ष हरिपाल चर्तुवेदीले भन्नू भयो कि मेरो वडा बाट पैदल यात्रामा जाने सम्पूर्ण जनाले धेरै राम्रो काम गर्नु भएको छ । साथै पैदल यात्रा सफल होस भनी शुभकामना समेत व्यक्त गरेका छन्।
प्रतिक्रिया