ताजा अपडेट »

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

विहीबार, १७ असोज २०८१, ११ : ४४
40 Shares
विहीबार, १७ असोज २०८१
40 Shares

काठमाडौं । विहिबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको एक लाख ६० हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदीको मुल्य १५ रुपैयाँले बढेर १९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।