ताजा अपडेट »

महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो

विहीबार, १७ असोज २०८१, ११ : ०५
8 Shares
विहीबार, १७ असोज २०८१
8 Shares

काठमाडौं । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौं स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा काठमाडौंले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट काठमाडौंले २५-२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५-१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौँले २५-२१ र चौथो सेट २५-१६ ले जितेको थियो । योसँगै काठमाडौंले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । काठमाडौंको ३ खेलमा ६ अंक भएको छ । त्यस्तै गण्डकीले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।