ताजा अपडेट »
अन्तरार्ष्टिय अहिंसा दिवस

अहिंसा

बुधबार, १६ असोज २०८१, २१ : ०४
62 Shares
बुधबार, १६ असोज २०८१
62 Shares

 

आउ साथी मिलेर अघि बढौ
शान्ति र अहिंसाको मार्ग रोजौ
जपौ "अहिंसा परमो धर्म"
कसैले नगरौ आजन्म नराम्रो कर्म

सबै बराबर, कोहि हुदैन फरक
मान्छे हो हामी कोहि हुन्न नरक
जुनसुकै  देश होस वा भेष 
जुनसुकै धर्म होस वा कर्म 

जुनसुकै रङ्ग होस वा भाषा 
जुनसुकै परिवार होस वा समुदाय 
यो धर्ती हाम्रो साझा हो , 
यो पृथ्वी हाम्रो माता हो
मानवता हाम्रो नाता हो 

यो जन्म सार्थक बनाऔं 
कसैलाई भेदभाव नगरौ
बारुद बन्दुकको हिंसा होस वा
बोलि व्यावहारको हिंसा होस
आजै देखि त्यागौ
अहिल्यै त्यागौ

सबै  युद्धहरु निस्तेज पारौं 
अमनचयन र सुसासन दिऔ
अर्को जन्म थाह छैन हाम्रो
यहीँ जिन्दगीमा पुण्य गरौ राम्रो

जानीनजानी गल्ति भएको भए क्षमा मागौ
सबै मिलेर शान्ति र अहिंसाको मार्गमा लागौ 
आफ्नाआचार विचार स्वच्छ गराऔं 
बनाऔं हिंसा रहित परिवार 
बनाऔं हिंसा रहित समाज
जय हाम्रो शान्ति समाज ।

(अर्जुन शान्ति समाज रुपन्देहीको सभापति हुन)

अर्जुनदृष्टि
लेखकको बारेमा
अर्जुनदृष्टि
स्तम्भकार