ताजा अपडेट »

बाइकर्स बुटवल ‘यामाहा सोरुम’मा दशैं अफर

बुधबार, १६ असोज २०८१, २० : ०२
36 Shares
बुधबार, १६ असोज २०८१
36 Shares

बुटवल । यामाहा नेपालको बुटवलका लागि आधिकारिक बिक्रेता बाइकर्स बुटवल प्रालिले वडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा विभिन्न अफर ल्याएको छ । 

‘बिगेस्ट दसैँ’ अफर अवधिभर यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले  क्यासब्याकसहित अन्य विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने बाइकर्स बुटवल प्रालिका सञ्चालक पुर्णप्रसाद अधिकारीले जानकारी दिए । यही असोज १४ गतेदेखि १९ गतेसम्म मेघा एक्सचेञ्ज मेला जारी रहेको उनले बताए ।

मेलाले ग्राहकलाई सुपथ मूल्यमा आफ्ना मोटरसाइकल अपग्रेड गर्ने अवसर प्रदान गरेको उनको भनाइ छ । मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनभन्दा १० हजार रूपैयाँ बढी दिइने सञ्चालक अधिकारीले बताए ।

‘हाम्रो ‘बिगेस्ट  दसैँ’ अभियानमा यस्तो अविश्वसनीय प्रतिक्रिया देख्न पाउँदा हामी हर्षित छौं । यो हाम्रा ग्राहकहरूले यामाहामा राखेको भरोसा र आत्मविश्वासको प्रमाण हो । असाधारण उत्पादन र सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धता अटल छ र हामी सफलताको यात्रालाई थप निरन्तरता दिन तत्पर छौं ।’, सञ्चालक अधिकारीले भने ।

अभियान अवधिभर यामाहा बाइक र स्कुटर खरिद गरेका सबै ग्राहकहरूले ‘लक्की ड्र’ मार्फत १० लाख रुपैयाँसम्म जित्न सक्नेछन् । दसैँलाई थप विशेष बनाउन यामाहाको शोरुममा आउने ग्राहकहरूले आइफोन १६ र विशेष गिफ्ट ह्याम्पर जित्न सक्ने एरिया सेल्स म्यानेजर युवराज आचार्यले बताए ।  यसबाहेक यामाहाले विशिष्ट मोडलहरूका लागि शून्य ब्याजदरको सुविधा पनि ल्याएको छ । यस्तै ग्राहकहरूलाई आफ्नो ड्रिम यामाहा बाइक/स्कुटरको स्वामित्व लिन सजिलो बनाउन इजी फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ । 

नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको वितरक एमएडब्लु राइड्सले २ दशकभन्दा बढी समयदेखि नेपाली अटोमोबाइल उत्साहीहरूलाई विश्वविख्यात ब्रान्डहरूको सेवा दिइरहेको छ । समूहले भर्खरै यामाहा मोटरसाइकलका दुई मोडलहरू एफजेड–भीथ्री डिलक्स र एफजेड–भी थ्री स्ट्यान्डर्डका लागि एफआइमा १० वर्षको वारेन्टीसमेत ल्याएको छ । ‘बिगेस्टल दसैँ’ अभियान जारी रहँदा यामाहा नेपाल थप उचाइ हासिल गर्नेमा आशावादी रहेको कम्पनीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।