ताजा अपडेट »

वार्षिक ४ सय महिलालाई निःशुल्क सीप प्रदान गरी आत्मनिर्भर बनाउने अभियानमा द ब्युटी वर्ल्ड

बुधबार, १६ असोज २०८१, १६ : ४५
526 Shares
बुधबार, १६ असोज २०८१
526 Shares

बुटवल । सीप सिकाएर महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यसहित द ब्युटी वर्ल्ड मेकअप पार्लर एण्ड ट्रेनिङ सेन्टरले आफ्नो फ्रेन्चाइज बिस्तारलाई तिब्रता दिएको छ । हाल देशका विभिन्न शहरमा ४० वटा फ्रेन्चाइज बिस्तार गरेको ब्युटी वर्ल्डले वार्षिक ४ सय महिलालाई निःशुल्क सीप प्रदान गरी आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजनालाई अघि सारेको छ । 

देशका विभिन्न शहरमा बिस्तार भएका फ्रेन्चाइजबाट कम्तिमा १० जना गरिव तथा विपन्न परिवारका महिलालाई छनोट गरी पार्लर सम्बन्धि सीप उपलब्ध गराएर देशतथा विदेशमा रोजगारका लागि दक्ष जनशक्ती उत्पादन गर्ने उद्देय रहेको ब्युटी वर्ल्डका सञ्चालक वत्सल भट्टराईले जानकारी दिए । यसैबीच ब्युटी वर्डले बुटवलमा रहेको किङ एण्ड क्वीन युनिसेक्स सैलुनसँग बुधबार औपचारिक सम्झौता गर्दै आफ्नो फ्रेन्चाई स्थापना गरेको छ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै किङ एण्ड क्वीन युनिसेक्स सैलुनकी सञ्चालिका आस्मा पाण्डेयले अब आफ्नो सेवा क्षेत्र थप बिस्तार हुनुका साथै व्यवसायिक प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिन् ।

६ वर्ष लामो समय दुबईमा बसेर काम गरेको अनुभवसहित नेपालमा आई विगत ६ वर्षदेखि सेवा प्रदान गर्दै आएकी आस्माले महिलाहरुलाई आत्मनिर्भर बनाउने गरी ब्युटी वर्ल्डले ल्याएको योजनाबाट धेरैले लाभ लिन सक्ने अपेक्षा व्यक्त गरिन् । उनले  बुटवलकै सविना थापासँग संयुक्त लगानीमा सैलुन सञ्चालनमा ल्याएर सीप प्रदान गर्दै आएकी छन् ।

हालसम्म ३ सय बढी महिलाहरुलाई सीप प्रदान गरिसकेको बताउँदै केही महिलाहरु वैदेशिक रोजगारीमा जानुका साथै केही महिलाहरु आफैले सैलुन खोलेर सञ्चालन गर्नुका साथै देशका विभिन्न शहरमा रोजगार प्राप्त गरेर बसिरहेको जानकारी गराइन् । उनको सैलुनमा सीप सिकाउनुका साथै सो सम्बन्धी सम्पूर्ण सेवाहरु समेत प्रदान हुने गर्दछ । 

unisex

ब्युटी वर्ल्डसँगको सहकार्यपछि अब वार्षिक १० जना महिलाले निःशुल्क सीप सिक्न पाउने छन् भने, न्यूनतम शुल्क १० हजार तिरेर लेभ वान र टू को कोर्षहरु समेत सिक्न पाउने आस्माले जानकारी दिइन् । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको ब्युटी वर्ल्डले ल्याएका योजनाहरुले यहाँका महिलाहरुलाई पनि अवसर सिर्जना गरेको उनले उल्लेख गरिन् ।

ब्युटी वर्ल्डका सञ्चालक भट्टराईले सम्झौतापत्रमा हस्ताक्षरपछि भने–‘हामीले सीप नभएका र कामको अवसर नपाएका बिपन्न तथा अपाङ्गता भएका महिलाहरूलाई मुख्य प्राथमिकतामा राखेका छौं, जसले सीप सिकेर आफ्नो पौरखमा रम्न चाहन्छन्।’ अर्का सञ्चालक भगवान बस्नेतका अनुसार संस्थाले झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, बाँके लगायतका जिल्लाहरूमा सेवा विस्तार गरी त्यहाँका महिलाहरुलाई व्यवसायिक बन्न प्रेरित गरिरहेको छ।

हालसम्म हजारौं महिलालाई निशुल्क तालिम प्रदान गरी आत्मनिर्भर बनाउन सफल भएको बताउँदै उनले देशभरका फ्रेन्चाईहरुमा विगत ३ वर्षदेखि काम गर्दै आएको भएपनि यस वर्षदेखि औपचारिक रुपमा सम्झौनासहित नयाँ योजनाले अघि बढीएको उल्लेख गरे । ‘यस संस्थाको प्रयासले महिला सशक्तिकरण र स्वरोजगारका क्षेत्रमा नयाँ अध्याय सुरुवात गर्ने विश्वास गरिएको छ।’ बस्नेतले भने । महिलाहरुलाई सीप सिक्ने मात्र नभई आफ्नो कामको प्रचार(प्रसार गर्न र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिए । उनले बोल्ने कलाको विकासका लागि आगामी दिनमा उद्घोषण तालिमसमेत सञ्चालन गर्ने जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।