ताजा अपडेट »

लायन्स क्लब अफ बुटवल बुद्धभूमिको आयोजनामा कान्ति माविमा वक्तृत्वकला

बुधबार, १६ असोज २०८१, १६ : २६
164 Shares
बुधबार, १६ असोज २०८१
164 Shares

बुटवल । लायन्स क्लब अफ बुटवल बुद्धभूमिको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार बुटवल ४ हाटबजार लाइन स्थित कान्ति माध्यमिक विद्यालयमा ‘सामाजिक सेवा भावमा अन्तराष्ट्रिय लायन्स’को भूमिका शिर्षकमा  वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । 

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै डिस्ट्रक  ३२५ पि नेपाल २०२४/२५ का गर्भनर पुरुषोत्तमभक्त प्राधानङ्गले लायन्स क्लबलाई अझै बढी सामाजिक सेवामा प्रेरेरित हुन आग्रह गरे । साथै विद्यार्थीहरुलाई पनि सानै उमेरदेखि सामाजिक सेवा प्रति जागरुग गराउनु अहिलेको आवश्यकता भएको बताए । 

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञावलीले कान्ति मावि छनौट गरि कार्यक्रमको आयोजना गरेकोमा क्लबलाई धन्यवाद दिए । साथै आगमी दिनमा पनि यस्तै कार्य विद्यालयमा गर्न आग्रह गर्दै विद्यालय आवश्यक सहयोग गर्नका लागि तयार रहेको बताए । यस्तै चार्टर प्रेसिटेन्ट गोपालप्रसाद पाण्डेले क्लबको उद्धेश्य भनेको नै समाजलाई जागरुक गराउनु रहेको बताए । 

लान्यसको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउने र विद्यार्थीहरुलाई सानै उमेरदेखि सामाजिक कार्यप्रति उत्सुक गराउने उद्धेश्यले कार्यक्रम गरिएको क्लबका अध्यक्ष मोहन भट्टराई बताए । प्रतियोगितामा १०० जना प्रतिस्पर्धीहरुलाई पछि पाँदै सागर सुनार प्रथम भएको कार्यक्रम संयोजक शिशिर पौडेलले जानकारी दिए । यस्तै वृक्षा पाण्डे द्धितीय, शान्ति शर्मा तृतीय भएको कार्यक्रम संयोजक पौडेलले बताए ।

प्रतियोगतामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने विद्यार्थीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र समेत प्रदान गरिएको थियो । वक्तृत्वकला प्रतियोगिताको निर्णयकको रुपमा टिकाराम शर्मा, राजेन्द्र पौडेल र लिलाधर पाण्डे रहेक थिए । सोही कार्यक्रममा यही असोज ८ गते भएको पिस पास्टर कन्टेस्टमा प्रथम, द्धितीय र तृतीय र सान्तवना भएका विद्यार्थीहरुलाई समेत नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमा रिजन चेर्यर पर्शन कृष्णप्रसाद पाण्डे, जोन चेर्यर पर्शन रबिन्द्र कक्षपति लागायतको समेत सहभागिता रहेको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष मोहन भट्टराईको अध्यक्षता, महेश खनालको संचालन र कृष्ण चुँदालीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।  लायन्स क्लब अफ बुटवल बुद्धभूमि स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यक्रममा क्रियाशिल रहँदै आएको छ । क्लबले भदौँमा ४ वटा क्लबहरुसँग मिलेर बुटवलको मोतिपुर माध्यमिक विद्यालयमा लागु औषध सचेतना सम्बन्धी कार्यक्रम गरेको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।