ताजा अपडेट »

दशैँ

बुधबार, १६ असोज २०८१, १५ : १७
70 Shares
बुधबार, १६ असोज २०८१
70 Shares

राजेन्द्र कुँवर/

बा आमा हुँदाको दशैँ
आमा मात्र हुँदाको दसैँ
ठुल्दिदी पनि हुँदाको दशैँ
पुरा परिवार पहाड हुँदाको दशैँ
स परिवार भेट हुँदाको दशैँ
जिम्मेवारी नहुँदाको दशैँ
वारि पारि तल्तिर मास्थिर बा आमा हुँदाको दशैँ
बुटवलबाट रात्रि बसको छतमा चढेर 
बिहानै रैदीको ओरालोबाट मावली पस्दाको दशैँ
विहान भरि घाँस काटेर 
वा 
गाई बाख्रा हेरेर 
त्रिदशी ,पूणिर्मामा सराय नाँच्दाको दशैँ
कुर कुरे बैँसका साथी सँग जुलबी खाँदाको दशैँ
ठुल चउरमा मासुको गन्धसँगै पिङ खेल्दाको दशैँ,
अनि 
अलिकति मात्तिएर अंग्रेजीमा दोहोरी गाउँन तम्सिदाको दशैँ
पो दशैँ

झोला भरि कोसेली लिएर छतमा चढेर 
फर्कदाको दशैँ
गाउँ छोड्नु पर्दा मन भक्कानि रहने दशैँ
नजाउ नजाउ भन्न नसके पनि
साथी सङ्गीले आँखामा आँशु टल्पलाउँदाको दसैं
पो दशैँ

तै पनि 
यात्रा सुगम बनेको छ ,
मनहरु  टाढिएका छन्
कतिपय मेरै अनुभूति 
केवल
कथा मात्र बनेका छन्
त्यो स्वर्गभूमि , स्वर्णिम दशैँ
अव अतित होइन 
वर्तमान बनाउनु छ
यादहरू मुटुभरि राखेर
अल्लारे दिनका शब्दहरू सापटी लिँदै 
फेरि
बा हुँदाको दसैं
आमा मात्र हुँदाको दसैँ
ठुल्दिदी पनि हुँदाको दसैँ
जस्तै
दाजु भाउजुलाई ,
छर छिमेकलाई
गाउँ अनि समाजलाई
साछी राखेर
भव्य दसैँ मनाउनु छ, खुसी साटासाट गर्नु छ।
वर्तमानमा रमाउनु छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।