ताजा अपडेट »

कृषि, वन तथा वातावरण समितिले गर्यो ज्योतिनगर पहिरोको अवलोकन

बुधबार, १६ असोज २०८१, १३ : ४४
108 Shares
बुधबार, १६ असोज २०८१
108 Shares

बुटवल । लुम्बिनी प्रदेशको कृषि, वन तथा वातावरण समितिले बुटवलको ज्योतिनगरको पहिलोको स्थलगत अनुगमन गरेको छ । समितिका सभापति विश्वप्रेम पाठकसहित समितिका सदस्य दुर्गाप्रसाद चौधरी, मिना बुढा मगर र शान्ती लोधले पहिरोको स्थलगत अवलोकन गरेका हुन् । 

पहिरो प्रभावित स्थानीयहरुले ४ वर्षसम्म प्रदेश बुटवलमा हुँदा पनि पहिरो नियन्त्रणका लागि प्रदेश सरकारले चासो नदिएको बताए । साथै उनीहरुले सामान्य वर्षा हुँदा आफुहरु रातिमा जागाराम बस्नु पर्ने र जेसिबी चलाउनु पर्ने बाध्यता रहेको बताउँदै यसको समाधान गर्न पलह गरिदिन समिति सभापतिसँग आग्रह गरेका थिए । 

यस्तै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले ज्योतिनगर र लक्ष्मिीनगरको पहिरो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका एक्लै सम्भव नभएकाले प्रदेश र संघको सहयोग आवश्यक रहेको बताइन् । उपप्रमुख अर्यालले पहिरो नियन्त्रणका लागि प्रदेश सरकारबाट जुन प्रकारको सहयोग हुनु पर्नेमा हो त्यो नभएको भन्दै असन्तुष्टि व्यक्त गर्दै प्रदेशको वन तथा वातावरण समितिले पहिरो नियन्त्रणको पहल गर्न समिति सभापतिसँग आग्रह गरेकी गरिन्।

साथै उनले पहिरो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाले गर्न सक्ने सबै प्रकारका काम गरेको बताइन् । यस्तै बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विष्णु ढकाल समिति सभापति नेतृत्वको अनुगमन टोलिलाई पहिरोले पारेको जोखिमको बारेमा जानकारी गराउँदै  ज्योतिनगरबासीहरु पहिरोका कारण आक्रान्त भएको बताए  । उनले वडाले पहिरोबाट हुने क्षतिको रोकथामका लागि नागरिकलाई सचेत गराउनका लागि वडा सदस्य अमृत खड्कालाई जिम्मेवारी दिएर काम गरेको समिति सभापतिलाई जानकारी गराए।

स्थानीय र पहिरो प्रभावितहरुको गुनासो सुनेपछि समितिका सभापति पाठकले बुटवलको ज्योतिनगरको पहिरो नियन्त्रण र रोकथामका लागि प्रदेशले आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे । लुम्बिनी प्रदेश सरकारले बुटवलको ज्योतिनगर पहिरो नियन्त्रणको दिर्घकालिन विज्ञहरुको सुझाव लिनेर सोही अनुसार काम गर्ने बताए । उनले समितिले प्रदेश सरकारलाई तत्काल पहिरोको रोकथाम लागि आवश्यक कदम चालन निर्देशन दिने बताए । 

साथै उनले आफुले ज्योतिनगरको पहिरोको बारेमा प्रदेशसभामा शसक्त रुपमा आवाज उठाएर सरकारको ध्यानाकर्षण गराउने बताए । अनुगमनमा प्रदेशको वन निर्देशनालयका निमित्त प्रमुख यज्ञमुर्ती खनाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानीप्रसाद पाण्डेय र संसदीय पत्रकार लुम्बिनी प्रदेशका अध्यक्ष घनश्याम गौतमलगायतको टोलि गएको थियो । 

वि.स. २०३५, २०५५ र २०७८ सालमा आएको पहिरोले ज्योतिनगर  क्षेत्रमा क्षति पुराएको थियो भने पहिरोका कारण सयौँ घरपरिवार विस्थापित बनेका थिए।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।