ताजा अपडेट »

दाङमा बलात्कार आरोपमा एक जना युवक पक्राउ

बुधबार, १६ असोज २०८१, १२ : ४०
32 Shares
बुधबार, १६ असोज २०८१
32 Shares

दाङ । दाङको गढवामा बलात्कार आरोपमा एक जना युवक पक्राउ परेका छन् । १६ बर्षीया किशोरीलाई बलात्कार आरोपमा गढवा गाउँपालिका – २ का २५ बर्षीय अनिल बिश्वकर्मा पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले बताए ।

अनिलले ती किशोरीलाई अति आवश्यक काम छ भनेर घरमै बोलाई जबरजस्ती गरेको कुरा पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

हिरासतमा रहेका अनिललाई आज अदालत उपस्थित गराइने प्रहरीले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।