ताजा अपडेट »

क्यानडासँग नेपाल फेरी पराजित

बुधबार, १६ असोज २०८१, ०७ : ५०
14 Shares
बुधबार, १६ असोज २०८१
14 Shares

काठमाडौं । नेपाल आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १४० रनको लक्ष्य पछाएको क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । त्यस अघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो । एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध दुवै खेलमा हारेको नेपालले टी-२० खेलमा पनि दुवै खेलमा पराजित भएको छ ।

यो जितपछि क्यानडाले सिरिजमा ३ खेलमा दोस्रो जित हासिल गरेको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।अब सिरिज अन्तर्गत आज नेपालले ओमानको सामना गर्दै छ ।
  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।