बुटवल । अभिनेता विराज भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ। आजै सार्वजनिक ट्रेलरमा चलचित्रको कथावस्तु र चरित्रबारे चित्रण गरिएको छ। ट्रेलरमा विराज सहित उनका छोरा समीर भट्टलाई एक्सन अवतारमा देख्न सकिन्छ। ट्रेलरले १२ गाउँ नामको कुनै एक थलोको रुपमा सामन्ती जमिनदार र शोषित जनता बीचको कथा भन्छ।
विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर नेपाली सिनेमामा प्रवेश गरेका समिरकाे याे डेब्यु चलचित्र समेत हो। समिरले पिहलाे पटक चलचित्र खेलेका हुन्। यसै चलचित्र बाट समीरसहित दुई अभिनेत्री पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि नेपाली सिनेमा जगतमा डेब्यु गर्दैछन्।
चलचित्रमा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेकाे छ। विराज भट्ट फिल्म पोडक्सनकाे प्रस्तुतीमा निर्माण भएको चलचित्रमा विराज भट्ट स्वंयमको कथा र सन्तोष सरकारको पटकथा एवम् संवाद लेखन रहेको छ। चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, सुनिल क्षेत्री, रामजी लामिछाने, र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेकाेछ ।
एक्सन–थ्रिलर कथामा बनेकाे यस सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक झिकाएका हुन। तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन्।
नेपालसहित भारतमा समेत छायांकन गरिएको यो चलचित्र यहीअसोज २४ गतेबाट विश्वव्यापी रिलिज हुनेछ।
प्रतिक्रिया