ताजा अपडेट »

अनुगमनलाई तीब्र बनाउँदै बुटवल उपमहानगरः ३ मासु पसललाई २५ हजार जरिवाना

मंगलबार, १५ असोज २०८१, ११ : ३०
92 Shares
मंगलबार, १५ असोज २०८१
92 Shares

बुटवल । बुटवल उपमहानरपालिकाले चार्डपर्व नजिकिएसँगै मासुजन्य पसलको अनुगमनलाई तीब्र पारेको छ । पटक पटक वधशालाको स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दा समेत अटेरी गर्ने ३ वटा मासु पसललाई थप २५ हजार जरिवाना गरिएको बुटवल उपमहानगरपालिका नायव सुब्बा अनिल कुमार माण्डव्यले बताए । 

मंगलबार न्यू अर्घाखाँची भुसाल मिट सप बुटवल ७, बुटवल मिट सप्लार्यस बुटवल ९ र ज्योति माइला मासु पसल बुटवल ९ लाई सो जरिवाना गरिएको हो । ती मासु पसलहरुलाई बुटवल उमपहानगरपालिकाले यस अघि १० हजार जरिवाना गरेको थियो । पाहिलो पटक जरिवाना गराए पनि बधशालाको मासु विक्रि नगरी बाहिर नै बध गरेको खसी बोकाको मासु विक्रि गरेको पाइए पछि ती पसलहरुलाई थप २५ हजार जरिवाना गरिएको बताए । 

तेस्रो पटक अनुगमन गर्दा पनि बाहिर बध गरेको मासु बिक्रि गरेको पाइए ५० हजार जरिवान हुने र त्यस पछि पनि बध नगरिएको मासु विक्रि गरिएको पाइए पसल नै बन्द गरिने सुब्बा माण्डव्यले बताए । बुटवल उपमहानगरपालिको बुटवलवासीको स्वास्थ्यप्रति विशेष संवेदनशील रहेको र अनिवार्य रुपमा वधशालामा बध गरिएको स्वच्छ खसी बोकाको मासु मात्रै विक्रि वितरण गर्न र वध गरिएको मासु मात्रै उपभोग गर्न आग्रह गरे । 

नगरपालिकाले लामो समय देखि मासुन्य बस्तु(खसीबोका) बधशालामा मात्रै बध गरेको विक्रि वितरण गर्नुपर्ने निमय लागू समेत गरिसकेको छ । तर, मासु व्यवसायीहरुले पनि विभिन्न बाहाना देखाएर बधशालामा बध गरिएको  मासु विक्रि गर्न आलटाल गरिरहेका छन् । दशै नजिकएकाले दशैको अघिल्लो दिनसम्म नै बजारको अनुगमन गर्ने उपमहानगरपालिकाले तयारी रहेको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।