ताजा अपडेट »

दाउन्नेको सडक एकतर्फी सुचारु

मंगलबार, १५ असोज २०८१, ०९ : २१
60 Shares
मंगलबार, १५ असोज २०८१
60 Shares

परासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको सडक एकतर्फी सुचारु भएको छ । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका-४ दाउन्ने जंगल खुर्सानीखोलामा अबिरल बर्षाको कारण सडक भासिनुका साथै हाईटेन्सन लाईनको पोल सडकतर्फ ढलि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

गएराती देखि नै मर्मत थालिएको र मंगलबार बिहानदेखि एकतर्फी यातायात सुचारु गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले शुरुमा यात्रुबाहक सवारी साधनलाई मात्र जान दिएको र सडकको मर्मत पूर्ण रुपमा सम्पन्न भएपछि मात्र मालबाहक सवारी साधन जान दिने बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।