ताजा अपडेट »

क्यानडामाथि ओमानको ८ विकेटको जित

मंगलबार, १५ असोज २०८१, ०७ : ४०
46 Shares
मंगलबार, १५ असोज २०८१
46 Shares

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानले क्यानडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ओमानले क्यानडालाई ८ विकेटले पराजित गरेको हो ।

क्यानडाले दिएको १०७ रनको लक्ष्य पछाएको ओमानले १५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि यस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले १९.५ ओभरमा अल आउट हुदै १०६ रन बनाएको थियो । योसँगै त्रिकोणात्मक सिरिजमा नेपालसहित क्यानडा र ओमानले आफ्ना २-२ खेलमा एक एक जित र एक एक हार बेहोरेका छन् ।

अब आज सिरिजको अर्को खेलमा नेपाल र क्यानडा खेल्दै छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।