काठमाडौँ । स्मार्ट वाच एक्सचेन्ज मेला हुने भएको छ । ईकमर्स प्लेटफर्म ब्रदरमार्टले ब्रदरमार्टले असोज १७ गते स्मार्ट वाच एक्सचेन्ज मेलाको घोषणा गरेको हो।
नेपालमा स्मार्ट वाचहरूको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको राखेर गर्न लागिएको मेलामा सहभागीहरूले पुराना स्मार्टवाचहरू नयाँ मोडेलहरूसँग साट्न सक्नेछन् । साथै नयाँ खरिदमा पनि विशेष छुटहरू र रोमाञ्चक खेलहरूमा भाग लिई उपहार जित्ने अवसर प्रदान गरिने आयोजकको भनाइ छ ।
ब्रदरमार्टका संस्थापक र प्रमुख कार्यकारी अधिकृत अशेष प्रसाईले भने, यो कार्यक्रम नेपालमा पहिलो पटक आयोजना हुँदैछ। नेपालमा १० लाखभन्दा बढी स्मार्टवालहरू पहिले नै बिक्री भइसकेका छन् र हामी यस क्षेत्रमा अग्रणी ई-कमर्स प्लेटफर्म हौँ। स्मार्ट वाचको बजार द्रुत रूपमा विस्तार भइरहेको छ । मलाई लाग्छ यस्तो कार्यक्रमको यो सही समय हो ।ू
१० हजारभन्दा बढी आगन्तुकहरू र ५ लाखभन्दा धेरै डिजिटल पहुँच हुने मेलामा धेरै लोकप्रिय स्मार्टवाल ब्रान्डहरूको सहभागिता रहने उनको भनाइ छ । सहभागीहरूले विभिन्न ब्राण्डहरुमा विशेष अफरहरू, उपहारहरू र अन्तरक्रियात्मक गतिविधिहरूको मज्जा लिन सक्नेछन् । जसले गर्दा प्रविधि प्रेमीहरूका लागि आफ्ना स्मार्ट वाचहरु अपडेट गर्ने र स्मार्टवाल उद्योगका नयाँ प्रयोगहरू अवलोकन गर्ने अवसर हुने प्रसाईले बताए ।
प्रतिक्रिया