ताजा अपडेट »

क्यानन माविमा वित्तीय अभिमुखिकरण कार्यक्रम

सोमबार, १४ असोज २०८१, १२ : ३०
112 Shares
सोमबार, १४ असोज २०८१
112 Shares

बुटवल।  बुटवलको प्रतिष्ठित विद्यालय क्यानन माध्यमिक विद्यालयका कक्षा ११मा अध्यनरत  विद्यार्थीहरुलाइ वित्तीय अभिमुखिकरण तालीम दिएको छ । गत शुक्रबार बिहान ७ बजे देखि क्यान स्कुलको सभाहलमा शुरु भएको  अभिमुखिकरण कार्यक्रममस करिव एक सय बीस विद्यार्थीको सहभागी थियो ।

चर्चित रेडियो कार्यक्रम अर्थसम्बादका संयोजक एवं प्रस्तोता तथा  एनएमबि बैंकका शाखा प्रबन्धक समेत रहेका मानव अधिकार तथा शान्ति समाज रुपन्देही जिल्ला सभापति अर्जुन ज्ञवालीले वित्तीय योजना, व्यवस्थापन, डिजिटल बैकिङ्ग,  आय आर्जनमा महिला पुरुषको समान सहभागीता, एसआइपी, शेयर कारोबार, युवा उद्दमशिलता, युवा अवस्था देखि लगानीको तर्जुमा  तथा विश्लेषण र जोखिम न्यूनीकरण बारे  अभिमुखिकरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य शंकर भण्डारी,  व्यवस्थापन संकाय संयोजक पवन बस्याल तथा विद्यार्थीले बैंक तथा वित्तीय योजना, सानो लगानीबाट हुने आयआर्जन, डिजिटल बैंकिङ्गको सहि प्रयोग बारे आफुहरुले सिकेको बताएका थिए ।  क्यानन माध्यमिक विद्यालयले मासिक रुपमा पाठ्यक्रमका अतिरिक्त अन्य विज्ञहरु मार्फत  जीवन उपयोगी ज्ञान सिप निरन्तर प्रदान गर्दै आएको व्यवस्थापन संकाय संयोजक पवन वस्यालले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।