ताजा अपडेट »

लुम्बिनी प्रदेश मन्त्रीपरिषद् बैठक : सचिवहरुको जिम्मेवारी तोक्नेदेखि पश्चिम नवलपरासीमा कार्यालय खोल्नेसम्मको निर्णय

सोमबार, १४ असोज २०८१, १० : ४६
124 Shares
सोमबार, १४ असोज २०८१
124 Shares

दाङ। लुम्बिनी प्रदेश सरकारले प्राकृति विपदको सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशमा तीन दिनको अविरल झरिका कारण तुलनात्मक रुपमा क्षति कम भएपनि देशभर मानवीय र भौतिक क्षति बढी भएकोमा दुस्ख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली, परिवारवनमा समवेदना र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

विपद अघि, विपदको वेलामा र विपद् पछिको अवस्थामा सबै निकायबाट हुने सहकार्यले सम्भावित घटना न्यूनिकरण गर्न मद्दत पुग्ने भएकाले सबै संयन्त्र परिचालनमा जोड दिइएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए । 

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशमा सरुवा भएर आएका सचिवहरुको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । भिमार्जुन पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, भुपेन्द्र थापालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र इश्वराज पौडेललाइ मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको जिम्मेवारी तोकिएको हो ।

यस्तै मन्त्रिपरिषद बैठकले नवलपरासी वर्दघाट सुस्ता पश्चिममा सडक पूर्वाधार विकास कार्यालय खोल्ने निर्णय गरेको मन्त्री ढकालले जानकारी दिए । यस अघि प्रदेशका ११ जिल्लामा मात्रै सडक पूर्वाधार कार्यालयहरु थिए । यस्तै बैठकले प्रदेश राजपत्र तथा कानुनहरुको सम्पादन  र प्रकाशन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।