ताजा अपडेट »

धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा

सोमबार, १४ असोज २०८१, १० : ३९
44 Shares
सोमबार, १४ असोज २०८१
44 Shares

काठमाडौँ । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई हटाएको छ । 

धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा गरिएको हो ।  मन्त्रालयले धादिङमा पाण्डेको ठाउँमा सुमन घिमिरे र काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई पठाएको छ ।

असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे र धादिङमा व्यापक जनधनको क्षति भएको छ । काभ्रेमा सबै भन्दा बढी ६६ जनाले ज्यान गुमाएका छन् ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।