ताजा अपडेट »

राजधानीमा फलफूल तथा तरकारी भित्रीन छाडेपछि सतप्रतिशत बढ्यो मुल्य

आइतबार, १३ असोज २०८१, १६ : ५३
34 Shares
आइतबार, १३ असोज २०८१
34 Shares

काठमाडौं । तीन दिनेदेखि परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा आएको बाढीपहिरोको प्रभावले राजधानीमा अन्य समयको तुलनामा कम मात्रामा फलफूल तथा तरकारी भित्रिएको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार राजधानीमा शनिबार एक सय ५६ टन फलफूल तथा तरकारी भित्रिएको थियो । आज आइतबार भने ३८ टन मात्र फलफूल र तरकारी भित्रिएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । सामान्य अवस्थामा राजधानीमा ६ सयदेखि ७ सय टनसम्म फलफूल तथा तरकारी भित्रिने गरेको भन्दै आज ३८ टन मात्रै भित्रिएको उनले जानकारी दिए ।

पूर्वी एवं मध्य नेपालमा पछिल्लो तीन दिनसम्म परेको भारी वर्षासँगैको बाढी र पहिरोले मुख्य सडक अवरुद्ध भएकाले कम फलफूल तथा तरकारी भित्रिएको हो । थोरै सामान भित्रिएपछि फलफूल र तरकारीको मूल्य सतप्रतिशत बढेको सूचना अधिकारी श्रेष्ठले उल्लेख गरे । राजधानीमा छिमेकी जिल्लाहरु धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकका साथै मधेश प्रदेशका केही जिल्ला तथा भारतबाट पनि फलफूल तथा तरकारी आउने गरेको समितिले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।