ताजा अपडेट »

जेनेरेशन गट ट्यालेन्ट प्रतियोगिता सम्पन्न, एलिगाले चुमिन उपाधि

शनिबार, १२ असोज २०८१, १० : २५
66 Shares
शनिबार, १२ असोज २०८१
66 Shares

बुटवल । जेनेरेसन मल्टिमिडिया द्वारा आयोजित ‘जेनेरेशन गट ट्यालेन्ट २०२४’ को उपाधि एलिगा सारुले हात पारेकी छन्।
शुद्धधन फर्साटिकर्को रिद्धिसिद्धि पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा एलिगा सारुले प्रथम स्थानसँगै भिवर च्वाइसको समेत उपाधि उचाल्न सफल भइन् । द्वितीय एन्जल भट्टराई र तृतीय स्थान आसिका तिवारीले हात पारिन् । अन्जल चौधरी सान्त्वना स्थान हासिल गर्न सफल भए ।

अडिसन राउण्डपछि विभिन्न चरणका प्रतिस्पर्धा पार गर्दै फिनालेमा प्रवेश गरेका १६ जना प्रतियोगी बीचको प्रतिस्पर्धापछि विजेता छनोट गरिएको थियो ।  शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यथामा सम्पन्न कार्यक्रममा शुद्धोधन गाउँपालिका प्रवक्ता एवं वडा नं ४ का अध्यक्ष केशव अधिकारीको विशिष्ट अतिथि, सौ फर्साटिकर व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष शोभा आलेसँगै  विभिन्न विद्यालयका प्राचार्यहरूको उपस्थिति रहेको थियो । 

प्रतियोगितामा विजेताले १५ हजार, उपविजेताले १० हजार तथा तृतीय र सान्त्वना हुने दुई जनालाई क्रमशः ५ हजार र ३ हजार नगद राशीसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यसका साथै विजेताहरुले विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेका छन्।साथमा प्रतियोगीहरूले विभिन्न सेवा सुविधाहरू प्राप्त गरेका छन् । फाइनलमा पुगेका १६ जना प्रतियोगीहरू र उनीहरुका परिवारले ओम शान्ति डेन्टल क्लिनिकबाट दुई वर्षसम्मका लागि दाँत तथा मुखरोगको उपचारमा १५ देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । यसैगरी फर्साटिकर स्पोर्ट्स सेन्टरबाट १६ जनाले २ घण्टाको लागि निःशुल्क स्क्याटिङ खेल्ने अवसर पाएका छन् । सौराहा फिस भिलेज रिसोर्टको तर्फबाट विजेताहरूले आफ्नो अभिभावकसँग  डिनर गर्ने अवसर पनि प्राप्त गरेका छन्।

फिनालेमा प्रवेश गरेका १६ जना प्रतियोगिताहरुले व्यक्तित्व विकास तालिम, उद्घोषण तालिम, आत्मरक्षा तालिम, टेबल म्यानर जस्ता अन्य थुप्रै तालिमहरु प्राप्त गरेका छन् । बिजेताहरुलाई म्युजिक भिडियोमा खेल्ने अवसर समेत प्रदान गरिने बताइएको छ । प्रतियोगिताको निर्णायकमा नमस्ते एकेडेमीका संगीत एवं नृत्य प्रशिक्षक नम थापा, सप्तरङ्गी कला केन्द्रका सञ्चालक एवं नृत्य प्रशिक्षक, नृत्य निर्देशक रवि थापा र मगर चलचित्र खुर्पेटोका नायिका  एवं नृत्य प्रशिक्षक बिना थापा रहेका थिए ।
जेनेरेशन गट ट्यालेन्टका कार्यक्रम संयोजक विकास रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन
पूजा डंगोरियाले गरेकी थिइन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।