ताजा अपडेट »

शुक्रबारदेखि सम्पर्कविहीन गोरखाबाट छुटेको बस झ्याप्लेखोलाको पहिरोमा भेटियो

आइतबार, १३ असोज २०८१, ११ : ३४
84 Shares
आइतबार, १३ असोज २०८१
84 Shares

बुटवल । गोरखाको लापुबेंसीबाट छुटेर गत शुक्रबार रातीदेखि सम्पर्कविहीन यात्रुबाहक बस पृथ्वीराजमार्ग अन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ ।

धार्चे गाउँपालिका–७ लापुबाट छुटेको बा ४ ख २२७० नम्बरको बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।

गाडीको नम्बर नै फेला पर्‍यो,’ उनले भने । बसको डण्डीमा चालकको मोबाइल नम्बर पनि देखिएको यातायात व्यवसायीहरू बताउँछन् । लापुबेंसीबाट छुटेको बस शुक्रबार रातिदेखि सम्पर्कविहीन थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।